नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने पञ्चपुरी नगरपालिकाको निर्णय


पञ्चपुरी नगरपालिका सुर्खेतले नगरका नागरिकहरुकालागि विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने भएको छ ।

नगरको १४ औ नगरसभाले आफ्ना नागरिकहरुको रगत अभावकै कारण ज्यान जोखिममा परेका ब्यक्तिरुकालागि रगत अभाव हुन नदिनको लागि बजेट ब्यवस्थापन समेत गरेको नगर प्रमुख लालवीर भण्डारीले बताए । उनले भने ‘पञ्चपुरी नगरपालिकाभित्रका नागरिकले बिरामी अवस्थामा रगत अभाव भएमा नगरपालिकाले रगत किन्न को लागि बजेट उपलब्ध गराउने भएको छ । त्यसकालागि नगरपालिकाले १ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।’

स्मरण रहोस मंसीर २२ गतेका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको पञ्चपुरी नगर समिति गठनका क्रममा समाज सुर्खेत शाखाका अध्यक्ष एवं केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीलाई आफ्नो नगरमा रहेका विरामीहरुकालागि निःशुल्क रगत उपलब्ध गराउन अनुरोध गरे ।

सोही अनुरोधलाई समाजको पञ्चपुरी नगर समितिले निर्णय नै गरेर नगरपालिकामा नगरका विरामी नागरिकहरुकालागि निशुल्क रगत उपलब्ध गराउन माग गरेको थियो । पञ्चपुरी नगरपालिका कर्णाली प्रदेशका स्थानीय तहहरुमा आफ्ना नागरिककालागि निशुल्क रगत उपलब्ध गराउने पहिलो नगरपालिका बनेको र अब वीरेन्द्रनगरमा पनि निःशुल्क रगतकालागि प्रयास गरिने समाजका सुर्खेत अध्यक्ष एवं केन्द्रिय सदस्य शाक्यले बताए ।

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने पञ्चपुरी नगरपालिकाको निर्णय

आगलागीबाट दुई बालबालिकाको मृत्यु

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने पञ्चपुरी नगरपालिकाको निर्णय

हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध