देशका केही स्थानमा वर्षासँगै हिमपात


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
उनका अनुसार देशका उच्च तथा हिमाली भू–भागमा हल्का वर्षा जारी रहे पनि सोमबारबाट देशका अन्य क्षेत्रको मौसममा भने सुधार हुनुका साथै तपक्रम पनि क्रमिकरूपमा बढ्दै जाने छ । यसैगरी आईतवार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






