सिभिल इन्जिनियरका विद्यार्थीको पढाई अन्यौलमा

भक्तबहादुर शाही।
शिक्षा विभागले चालु शैक्षिकसत्रमा देशभरका आठवटा विद्यालयलाई प्राविधिकधार सिभिल इन्जिनियर अध्यापनका लागि छनांैट ग¥यो । त्यसै अन्र्तगत दैलेखको भैरवी गाउँपालिकाले वडानं.–५ स्थित हिमालय माध्यमिक विद्यालय डाँडीमाडीलाई शैक्षिक सत्रको शुरुकै महिनामा अनुमति दियो ।

प्राविधिकधार सिभिल इन्जिनियर अनुमति पाएको हिमालय माविले सोही विषय अध्ययनका लागि प्रक्रिया पुरा गरेर विद्यार्थी भर्ना पनि ग¥यो । विद्यालयको अभिलेखमा ४० जना विद्यार्थी भर्ना भएका मध्ये अहिले ३६ जना मात्र अध्ययनरत छन् ।

प्राविधिक धारको नमुना विद्यालयका लागि छनौंट गरिएको विद्यालयमा कक्षा–९ देखी १२ सम्म सिभिल इन्जिनियर अध्यापनका लागि अनुमति पाएपनि अझैसम्म प्रशिक्षक र सहायक प्रशिक्षक शिक्षक छनौंट गर्न सकेको छैन । विज्ञापन गरेको ६ महिना बितिसक्दा पनि शिक्षक नहुँदा विद्यार्थी वाटर सप्लाई र कम्प्यूटर ड्रोइङ विषय पढाई नभएको विद्यार्थीले गुनासो गरेका छन् ।

६ महिनासम्म पढाई नहुँदा परीक्षा कसरी दिने हो भन्ने विषयमा चिन्ता रहेको सोही विद्यालयकी छात्रा लक्ष्मी शाहीले बताईन । उनले भनिन् ‘हामी त हाम्रो भविष्य बनाउनकै लागि अछाम तुर्माखाँद गाउँपालिका २ रहफबाट यहाँ पढन आएका हौं । छ महिना बितिसक्दा पनि शिक्षक नहुँदा हाम्रो पढाई हुन सकेको छैन । हामी सबै विद्यार्थी कसरी परीक्षा दिने भनेर अन्यौलमा छौं । परीक्षामा पास हुन नहुने चिन्ताले सताउन थालेको छ’, लक्ष्मीले भनिन् ।

शाही जस्तै कक्षा–९ मा सिभिल इन्जिनियर अध्ययनरत छात्रा सुजाता पाण्डेको भनाई छ । शिक्षक नहुँदा पढन पाएका छैनौं कसरी पास गर्ने भनेर प्रश्न गरिन ? हामी पटक पटक शिक्षक चाहियो भनेर विद्यालय प्रशासनमा भन्यौं तर सुनुवाई भएको छैन ।होस्टेल पनि छैन । गाउँमा कोठा लिएर बस्नुपर्ने बाध्यता छ । ल्यावका उपकरण समेत अभाव रहेको छ उनले थपिन ।

विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा शिक्षक छनौंट गर्न नसकिएको निमित्त प्राध्यानाध्यापक माधव प्रसाद तिमिल्सेनाले बताए । विज्ञापन भएको ६ महिना भयो ।बजेट प्राप्त पनि भएको छ ।विव्यसले गर्दा नै शैक्षिक, आर्थिक दुईवटामा नोक्सान भएको छ । तर विव्यसलाई पूर्णता आफु निरन्तर लागे पनि सफल भएन ।

२०७९ साल फागुनमा विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको हो । चार जना चुनाव प्रक्रियामा गएर आईसक्नु भएको छ ।दुई जना मनोनितका गर्नुपर्ने व्यक्ति छनांैट भईनसक्दा समस्या भएको हो,तिमिल्सेना थपे ।

भैरवी गाउँपालिका शिक्षा शाखाका प्रमुख उमेशजंग कार्कीले शैक्षिक सत्र शुरुमै पालिकाले अनुमति दिईसकेको छ । ‘बेला बेलामा अनुगमन गर्न जाँदा पनि सल्लाह सुझाव दिएका छौं । तर विव्यस गठन किचलोले गर्दा शिक्षक छनांैट प्रक्रिया लम्बिएको बताए । विव्यसले पूर्णता पाउने बित्तिकै शिक्षक छनौंट टुंगो लाग्नेछ । त्यसको लागि गाउँपालिका लागि रहेको छ’कार्कीले भने ।

तर विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसक्नु राजनिति कारण भएको सोही पालिकाका अभियानता गणेश न्यौपाने बताए । काँग्रेस र एमाले पार्टीले विव्यसको मनोनयनमा आ–आफना् मान्छे ल्याउने होडबाजीले यो समस्या आएको हो । विव्यसमा आएका चार जनाको चुनावमा पनि त्यही देखिएको थियो । काँग्रेस र एमालेबाट नै २ ÷२ जना निर्वाचित पनि भए । विद्यालयमा यस्तो राजनीति गरिनु स्वाभाविक पनि राम्रो होइन । निस्वार्थ भएर विद्यालय सुर्धान लाग्नु पर्ने उनको भनाई छ ।

विव्यसको कार्यअवधि सकिएपछि विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य दानबहादुर शाहीको अध्यक्षतामा २०८०असार २२ मा बैठक बसी शिक्षा युवा तथा खेलकुद शाखा भैरवीबाट २०८० असार २४ मा पालिकाबाट प्राप्त पत्र संख्या ०७९÷८० चलानी नम्बर १४६ को प्राप्त अनुमति पत्र बमोजिम विद्यालयमा सञ्चालन भएको प्राविधिकधार सिभिल इन्जिनियरिङ कक्षा–९ देखी १२ अध्यापन गराउन लागि १÷१ जना प्रशिक्षक र सहायक परीक्षक पद लागि असार २५ मा सूचना प्रकाशित गरिएको थियो ।

सिभिल इन्जिनियरका विद्यार्थीको पढाई अन्यौलमा

बाबुविरुद्ध जाहेरी दिँदा युवकको हत्या, भाइको जाहेरी

सिभिल इन्जिनियरका विद्यार्थीको पढाई अन्यौलमा

डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र