बाबुविरुद्ध जाहेरी दिँदा युवकको हत्या, भाइको जाहेरी प्रहरीमा दर्ता

१९ वर्षिया छोरीको बलात्कार गरेको घटना खुलेपछि प्रहरीमा जाहेरी दिएको रिसमा २१ वर्षीय छोराको हत्या गरेर फरार भएको आरोपी ४२ वर्षीय विरुद्ध उनकै भाइले जाहेरी दिएका छन्।आरोपी बाबुविरुद्ध बुधवार मृतकका काकाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

‘आज दिउँसो ४ बजे मृतकका काकाले उनकै जाहेरी दिनुभएको छ । आरोपित फरार रहेकोले हामीले विभिन्न संयन्त्र मार्फत खोजी गरिरहेका छौँ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा छ । विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्नेछ ।’
गत असोज २७ गते १९ वर्षीय छोरीलाई बलात्कार गरेको भन्दै कात्तिक १५ गते प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परे लगत्तै फरार भएका आरोपित भारतमा लुकेर बसेका थिए।भारतमा काम गर्ने बाबु नेपाल फर्किएर छोरीलाई भेट्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि कान्छी श्रीमती लिएर उनी भारत भागेका थिए।

बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा जाहेरी दिएका युवक मारिए। अनुसन्धानमा उनकै बाबु भारतबाट आएर हत्यापछि भागेको देखिएपछि मृतकका काकाले प्रहरीमा बुधवार जाहेरी दिएका थिए।

घटनापछि मङ्गलवार नै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्य र नेपालगन्जबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा गएर विस्तृत अनुसन्धान गरेको थियो । राति १ बजे मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका कारण आरोपित फरार भएको प्रहरीको भनाई छ।

बहिनिको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा जाहेरी दिँदा एक २१ वर्षीय युवकले ज्यान गुमाएका छन् । सुर्खेतमा भएको हत्या घटनाको प्रारम्भिक अनुसन्धान बलात्कार घटनासँग जोडिएको हो । सोमबार बन्चरोले हानेर हत्या गरिएको अवस्थामा २१ वर्षीय युवकको शव फेला परेको थियो । प्रहरीले राती १ बजे खबर पाएको थियो । प्रहरी घटनास्थलमा पुग्दा युवकको शव घरमुनिको बाख्रा खोर नजिकै सुकेको घाँसले छोपेको अवस्थामा फेला परेको थियो । स्थानीय प्रहरी घटनास्थलमा पुगेर शव ल्याएको थियो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार ती युवाको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका छन् । उनका बाबु फरार छन् । ‘उनकै बुवाले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पारिवारिक मनमुटावका कारण हत्या भएको देखिन्छ,’ अनुसन्धान अधिकृतले भने, ‘हत्या योजनाबद्ध रूपमा भएको छ । हत्यामा संलग्न अहिलेसम्म पनि फेला परेका छैनन् ।’

गत असोज २७ गते १९ वर्षीया ६४ वीरेन्द्रनगर क ३६ लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । उनी मामाघरमा बस्दै आएकी थिइन् । भारतमा काम गर्ने उनको बुवाले किशोरीलाई भेट्न बोलाएपछि भेट्न जाँदा बलात्कार भएको जाहेरीमा उल्लेख छ ।

बुवाले भेट्न बोलाएर बलात्कार गरेको ती किशोरीले आफ्नी कान्छी आमालाई भनिन्। कान्छी आमाले यस्तो कुरा बाहिर नभन्न सम्झाइन् । तर, किशोरीले दाइलाई भनिन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुवाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिए । मुद्दा नहाल्न बावुले छोरालाई धम्की दिएका थिए ।

मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत गए।प्रहरीले पीडित किशोरीको कात्तिक १६ गते प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरेको थियो । भारतमा लुकेर बसेका उनी नेपाल आएर सोमबार छोराको हत्या गरेर भागेको प्रहरीको आशंका छ ।

‘उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राती घटना घटाएर फरार भएका रहेछन्,’ घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतले भने, ‘राती ११ देखि १२ बजेको बीचमा घटना घटेको देखिन्छ ।’

ती अधिकृतका अनुसार ती युवाको बहिनीले बुवाले नै दाइको हत्या गरेको प्रारम्भिक बयान दिएकी छिन् । उनले आफूलाई बलात्कार गरेको घटनामा बुवा र दाइबीच विवाद भएको बयान दिएकी छन् ।

फरार रहेका आरोपीका दुई वटी श्रीमती थिए। जेठी श्रीमतीबाट हत्या गरिएका किशोर र ६४ वीरेन्द्रनगर क ३६ भए । उनीहरूको आमाले दोस्रो विवाह गरेर गएपछि बुवाले अर्को विवाह गरे । कान्छी श्रीमतीबाट कुनै सन्तान छैनन् । दुई वर्षदेखि उनकी श्रीमती पारिवारिक बेमेलका कारण माइतमा बस्दै आएकी छन् ।

बाबुविरुद्ध जाहेरी दिँदा युवकको हत्या, भाइको जाहेरी प्रहरीमा दर्ता

सम्पादकीय: विकास खर्च : गफ धेरै भो,

बाबुविरुद्ध जाहेरी दिँदा युवकको हत्या, भाइको जाहेरी प्रहरीमा दर्ता

सिभिल इन्जिनियरका विद्यार्थीको पढाई अन्यौलमा