अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ


जिल्ला प्रहरी कार्यालय मुगुले अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्जलाई पक्राउ गरेको छ ।

सोरु गाउँपालिका–९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का सोरु गाउपालिका–६ का धनप्रसाद भट्टलाई शनिवार पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाशसिंह कार्कीले बताए ।

अनमी विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका–९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य चौकी इर्न्चाज सुरजको घरमा ११ महिनादेखि डेरा गरी बस्दै आएकी थिइन् ।

अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-09-09)

अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

सुर्खेतमा टाइफाइडबिरूद्द खोप अभियान सञ्चालन हुँदै