श्री एयरको काठमाडौं–सुर्खेत नियमित उडान शुरु

श्री एयरले काठमाडौं–सुर्खेत काठमाडौं नियममित उडान शुरु गरेको छ । श्री एयरले आफ्नो नियमित उडान शुरु गर्दै शुक्रवार ७१ जना यात्रु लिएर सुर्खेत विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाई काठमाडौं–सुर्खेत दैनिक एक उडान गर्ने अनुमती दिएको छ । कलसाइन क्यू४००–८ रहेको ८० सिटे जहाजबाट काठमाडौं–सुर्खेत उडान शुरु गरेको हो । मौसम प्रतिकूल अवस्थामा बाहेक अन्य समयमा उडान नियमित हुनेमा ढुक्क हुन श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । माग बढेपछि उडान संख्या पनि बढाउने मानन्धरको भनाइ छ ।

सुर्खेत विमानस्थलमा श्री एयरको जहाजबाट यात्रा गर्दै नागरिक उड्यान प्राधिकरणको सह–प्रवक्ता ज्ञानेन्द्र भुलले श्री एयरले उडान शुरु गरेसंगै कर्णालीका जनताले सस्तो र गुणस्तरिय हवाई यात्रा गर्न पाउँने बताउँदै हवाई सेवा सबैको पहुचमा हुनको लागि प्रतिस्पर्धाको जरुरी भएको र अब यहाँका जनताले सस्तो र गुणस्तरिय हवाई सेवा पाउँने बताए ।
यस्तै श्री एयरले उडान शुरु गरेसंगै हवाई भाडादर पनि घटेको छ । अहिले सुर्खेत–काठमाडौं न्यूनतम भाडादर ६ हजार सात सय रुपैयाँ सम्म पुगेको छ ।

सुर्खेतमा श्री एयरको उडान शुरु गर्न सुर्खेत उद्योग बाणिज्य संघ, प्रदेश सरकार र यहाँका जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हाल सुर्खेत काठमाडौं बुद्ध एयरले दैनिक दुई उडान गर्दै आएकोमा श्री एयरको उडान थप भएसंगै अब सुर्खेत विमानस्थलबाट दैनिक तीन उडान हुनेछन् ।

श्री एयरको काठमाडौं–सुर्खेत नियमित उडान शुरु

लगानी भित्र्याउन नीतिगत सुधार

श्री एयरको काठमाडौं–सुर्खेत नियमित उडान शुरु

जाजरकोटमा नेविसंघले बनायो अस्थायी विद्यालय