
कर्णालीमा भूकम्प प्रभावित नागरिकहरुको उद्धार तथा खोजी कार्यमा आवश्यक हवाई ईन्धन नेपाल आयल निगमले व्यहार्ने भएको छ ।
शनिवार एक विज्ञप्ती जारी गर्दै निगमले राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरपाईन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको रकम व्यहोर्ने जनाएको छ ।