आफूले चढेको हेलिकप्टर उद्धारमा छोडेर जहाजमार्फत काठमाडौं फर्किए प्रधानमन्त्री प्रचण्ड


जाजरकोट भूकम्पपछिको क्षतिको अवस्था बुझ्न जाजरकोट र पश्चिम रुकुम पुगेका प्रधानमन्त्री आफूले चढेको हेलिकप्टर उद्धारमा छोड्दै जहाजमार्फत काठमाडौं फर्किएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको अवस्था बुझ्न ती क्षेत्रमा गएका प्रधानमन्त्री नेपालगञ्जबाट साढे २ बजेको नियमित उडानबाट काठमाडौं आउन लागेको उनको सचिवालयले जनाएको छ ।

‘आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नेपालगञ्जबाट बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले क्षतिको अवस्था बुझ्दै उद्दार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धिन निकायलाई निर्देशन दिएको जानकारी पनि शर्माले दिए ।

भूकम्पपछिको क्षतिको प्रारम्भिक विवरण संकलनपछि आइतवार बिहान ८ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

आफूले चढेको हेलिकप्टर उद्धारमा छोडेर जहाजमार्फत काठमाडौं फर्किए प्रधानमन्त्री प्रचण्ड

बुद्ध एयरले भूकम्प प्रभावितका लागि एक करोड

आफूले चढेको हेलिकप्टर उद्धारमा छोडेर जहाजमार्फत काठमाडौं फर्किए प्रधानमन्त्री प्रचण्ड

भूकम्पमा घाईते २५ जनालाई प्रदेश अस्पताल ल्याईयो