मुगुमा हत्या प्रकरण: पोस्टमार्टमका लागि ४ जनाको शव सदरमुकाम ल्याइयो

मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको छ । शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएका छन् ।

छायाँनाथ रारा नगरपालिका–६, मुन्दु गाउँबाट शव गमगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । मुन्दु गाउँ जिल्ला सदरमुकामदेखि दुई घण्टा टाढा रहेको छ । मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा घर आइसकेपछि मुचुल्का गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम गमगढी ल्याइएको उनले बताए ।

कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ कतारबाट फर्किएको र शनिबार बिहान ११ बजे घरमा पुगेका हुन् । शुक्रबार मुन्दु गाउँकी २८ वर्षिय श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ । मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते दशैंको टीका थाप्न उक्त वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाएर छोराछोरी सहित उनी ८ गते बेलुका घर फर्किएकी थिइन् । त्यसदिन राति सामूहिक रुपमा हत्या भएको प्रहरीले जनाएको थियो ।

मुगुमा हत्या प्रकरण: पोस्टमार्टमका लागि ४ जनाको शव सदरमुकाम ल्याइयो

रारा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिदै

मुगुमा हत्या प्रकरण: पोस्टमार्टमका लागि ४ जनाको शव सदरमुकाम ल्याइयो

शे–फोक्सुन्डो ताल पुग्न आधा दर्जन काठको जीर्ण