कालीकोटको विमानस्थल निर्माणको काम अधुरै

सुर्खेत, २८ माघ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्ष विते । तर २०४२ सालमा निर्माण थालिएको यो विमानस्थलको काम अझै पुरा हुन सकेको छैन । बरु नेताहरुले बारम्बार यो विमानस्थलमा जहाज अवरतण गराउने प्रतिबद्धता गर्न भने छाडेका छैनन् ।

यही विमानस्थलमा पुगेर हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीदेखि कयौं मन्त्री र नेताहरुले राजनीतिक भाषण गरेका छन् । उसो त कर्णाली पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्र पनि त्यही हो । नरहरिनाथ गाउँपालिका स्थानीय बासिन्दा रहेका पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका खड्कबहादुर बिवश्वकर्माले पनि विमानस्थल निर्माण गर्ने बाचा गरेका थिए ।

नेताहरुले विमानस्थल सञ्चालन गर्ने बाचा गरे पनि हालसम्म यो विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय विमल विष्टले बताए । ‘चुनावका बेला सबैले विमानस्थल बनाउने बाचा गर्छन्’ उनले भने,‘तर पनि जहाज उड्नेगरी कसैले पनि काम गरेनन् ।’ हाल कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही यसअघि केन्द्र सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनकै पहलमा २०७३ माघ २९ गते विमानस्थलमा परीक्षण उडान भएको थियो । त्यसपछि कोटबाडामा जहाज नै गएनन् । न त विमानस्थल संचालनका लागि कसैको चासो नै दिए । हाल यो विमानस्थलमा परीक्षण उडानमै सिमित भएको छ ।

मारिएका मजदुरको शालिक बनाउने योजना पनि अलपत्र
यो विमानस्थल निर्माणको काम हुँदै थियो । त्यहीक्रममा २०५८ सालमा माओवादीको आरोपमा सेनाले विमानस्थलमा कार्यरत ३५ जना मजदुरको हत्या गरेको थियो । २०५८ फागनु १३ गते कोटबाडामा माओवादी भन्दै तत्कालिन सरकारी सेनाले ३५ जना मजदुरसहित ६ जना स्थानीयको पनि हत्या गरेको थियो ।

एक हिसावले भन्दा यो विमानस्थल तिनै मजदुरको चिहानमाथि बनिरहेको छ । २०७४ साल कार्तिक ७ गते प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको चुनावी आमसभालाई सम्भबोधन गर्न कोटबाडा पुगे । त्यहीक्रममा निमार्णाधीन विमानस्थलमा काम गर्दा मारिएका मजदुरहरुको सम्झनामा शालिक बनाउने बताएका थिए ।

तर अहिलेसम्म कुनै काम अगाडी बढको छैन । विमानस्थल निर्माण गर्नेक्रममा धेरै मजदरुको बलिदान भएको बताउँदै देउवाले उनीहरुको सम्मानमा सरकारले मारिएका सबै मजदुरको शालिक बनाउने घोषणा गरेका थिए । त्यो घोषणा हाल अलपत्र परेको छ ।

चुनावी नारामै सिमित
पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरुले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएका छन् । यही विमानस्थललाई नारा बनाएर धेरै नेता केन्द्रमा पनि पुगिसके । तर चुनाव जितेपछि कसैले पनि यसको निर्माणमा प्रयत्न गरेका छैनन् ।

२०६४ सालको संविधानसभा चुनावमा कांग्रेस, एमाले, तत्कालीन एमाओवादी र रापप्रासहित सबै पम्रखु दलका उम्मेवारले यो विमानस्थललाई पहिलो प्राथमिकता दिने भन्दै स्थानीयबाट भोट मागे । संविधानसभाको दोस्रो निर्वाचनमा पनि यही एजेण्डा भजाएर भोट मागियो । २०७४ साल भएको निर्वाचनमा पनि दलहरुले त्यही नारा दिएर भोट मागे ।

विमानस्थललाई चुनावी नारामै सिमित बनाइएको नरहरिनाथ गाउँपालिका–३ का नगेन्दब्रहादरु बिष्टले बताए । ‘विमानस्थल सबै दलको चुवानी नारामात्र बनेको छ, परीक्षण उडानपछि जहाज नै आएनन्’ उनले भने,‘अहिलेसम्म पनि कुनै काम भएको छैन ।’

स्तरोन्नतिको काम हुँदै
केन्द्र र प्रदेश सरकारले खासै चासो नदिएपछि स्थानीय सरकारले विमानस्थल संचालनका लागि पहल थालेका छन् । हाल विमानस्थलको धावनमार्ग कालोपत्रे र रिपिटर टावर बनाउने काम भइरहेको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको विमानस्थलका निर्माण व्यवसायी पदमबहादरु खड्काले बताए ।

‘कालोपत्रे गर्ने काम सुरु गरेका छौं, निर्माणमा अवरोध नभए आउने वैशाखसम्म विमानस्थलको काम पुरा गरेर हस्तान्तरण गर्नेछौं’ उनले भने । सरकारसँग १२ करोड ३५ लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी गत साउनमा स्तरोन्नतिको ठेक्का सम्झौता भएको हो ।

खर्चको हिसाव छैन
यो विमानस्थल निर्माण थालिएको तीन दशक नाघेको छ । तर हालसम्म कति खर्च भयो भन्ने कनुै लेखाजोखा छैन । कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो कुनै लेखाजोखा नरहेको जिल्ला समन्वय समिति कालिकोटका इन्जिनियर चक्रबहादुर शाहीले बताए ।

‘कहिले ठेक्कामार्फत त कहिले उपभोक्ता समितिमार्फत काम भयो’ उनले भने, ‘त्यसैले पनि अहिलेसम्म विमानस्थल निर्माणमा खर्च कति भयो कुनै हिसाव छैन ।’ विमानस्थल निर्माणको कार्य कुन गतिमा भइरहेको छ भन्ने जानकारी लिन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिने जिल्ला विकास समितिका पूर्व सदस्य कटबहादरु बिष्टका बताए ।

कालीकोटको विमानस्थल निर्माणको काम अधुरै

‘अधुरा योजना पूरा गर्नेलाई अबको चुनावमा साथ

कालीकोटको विमानस्थल निर्माणको काम अधुरै

सम्पादकीय : भूमिहीनको व्यवस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!