कर्णालीका १२० विद्यालयका भवन र ९१ वटा खेलमैदान बन्दै (बिवरणसहित)

सुर्खेत, २७ माघ ।
कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि झण्डै आधा अर्ब बजेट निकासा गरेको छ । विद्यालयका भवन र खेलमैदान निर्माणका लागि ४५ करोड ५१ लाख बजेट निकासा गरेको हो । उक्त बजेटबाट प्रदेशभरका एकसय २० वटा विद्यालयका भवन र ९१ वटा विद्यालयमा खेलमैदान निर्माण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विद्यालयका भवन निर्माणका लागि मन्त्रालयले दैलेखमा पाँच करोड ४० लाख, डोल्पामा तीन करोड ४० लाख, हुम्लामा तीन करोड, जाजरकोटमा तीन करोड ३७ लाख २३ हजार, जुम्लामा तीन करोड ५३ लाख ९३ हजार, मुगुमा एक करोड ४० लाख, रुकुपश्चिममा तीन करोड ७० लाख, सल्यानमा चार करोड ५२ लाख ८४ हजार र सुर्खेतमा सात करोड बजेट निकासा गरेको छ । निकासा भएको बजेट जिल्लाका सामाजिक विकासस्थित कार्यालयहरुमा पठाइ सकिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि मनन्त्रालयले सुर्खेतका विभिन्न २९ वटा सामुदायिक विद्यालयका छनौट गरेको छ । तिमध्ये १० वटा विभिन्न विद्यालयलाई ४० लाखका दरले र १७ वटा विद्यालयलाई २० लाखका दरले बजेट दिइएको हो । सुर्खेतकै विशेष शिक्षा सञ्चालनका भएका समूह प्रावि पञ्चपुरी र श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामलाई ४० लाखका दरले र नेपाल आधारभूत मावि नयाँगाउँ गुर्भाकोटलाई २० लाख बजेट दिइएको छ ।

उक्त बजेटबाट केही विद्यालयमा नयाँ भवन र केही विद्यालयका अधुरा रहेका भवनहरु पुरा गरिने छ । भवन निर्माणका लागि दैलेखका १६ विद्यालयका छनौट भएका छन् । छनौटमा परेका विद्यालय मध्ये ११ वटालाई विद्यालाई ४० लाख र पाँच वटा विद्यालयलाई २० लाखका दरले बजेट पठाएको छ । डोल्पाका दश विद्यालय मध्ये सात विद्यालयलाई ४० लाख र तीन विद्यालयलाका लागि २० लाखका दरले बजेट बिनियोजना गरेको छ ।

त्यस्तै मुगुका पाँच विद्यालय मध्ये तीन वटालाई ४० र एउटालाई २० लाखका दरले बजेट दिएको छ । मन्त्रालयका अनुसार पूर्वाधार निर्माणको छनौटमा परेका हुम्लाका नौं विद्यालय मध्ये ६ वटालाई ३० लाख र तीनलाई २० लाखका दरले बजेट जिल्लामा पठाएको छ । त्यस्तै जाजरकोटमा विभिन्न ११ विद्यालयकाहरु पूर्वाधार निर्माणका लागि छनौट भएका छन् । ति विद्यालय मध्ये सातवटालाई ४० लाखका दरले, त्रिवेणी माविलाई नौ लाख दशहजार, जुनी मावि सिर्केलाई १४ लाख ९८ हजार र नारायणी मावि कार्कीगाउँलाई २२ लाख २५ हजारका दरले बजेट दिइएको छ ।

पूर्वाधार निर्माणका लागि जुम्लाका १२ विद्यालय छनौट भएका छन् । तिमध्ये सात विद्यालयलाई ४० लाखका दरले, सिंजा बहुमुखी क्याम्पसलाई आठ लाख ४९ हजार, सरस्वति मावि कुडारीलाई ६ लाख ४६ हजार, सत्यदेवी मावि दशौदीलाई २५ लाख १५ हजार, त्रिभुवन मावि झारज्वालालाई १६ लाख ६७ हजार र मालिका मावि धापालाई १७ लाख १६ हजार बजेट उपलब्ध गराएको छ । त्यस्तै रुकुमपश्चिमका दश विद्यालय मध्ये ६ वटालाई ४० लाख दरले, सीतला मावि चौरजहारीलाई दश लाख, त्रिभुवन मावि खलंगालाई ३० लाख, शिक्षा क्याम्पस राडीज्यूलाई २४ लाख र सानी भेरी क्याम्पसका लागि तीन लाख बजेट बिनियोजना गरिएको छ । मन्त्रालयले सल्यानका १६ विद्यालयमा भवन निर्माणका लागि छनौट गरेको छ ।

नौ वटालाई ४० लाखका दरले र सरस्वति मावि सालचौर र कालिका प्रावि कालागाउँलाई २० लाखका दरले बजेट पठाएको छ । सल्यानकै महेन्द्र आधारभुत रागेचौरलाई पाँच लाख ५० हजार, नेरामावि किमुचौरलाई १३ लाख ६९ हजार, दिपेन्द्र चौतरा आविलाई पाँच लाख आठ हजार, महेन्द मावि छत्रेश्वरीलाई आठ लाख ३० हजार, भानुभक्त मावि छत्रेश्वरीलाई १४ लाख पाँच हजार र शिवजन क्याम्पस शितलपाटीलाई ६ लाख ३२ हजार बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना आधिकारी सुनिल लिम्बुले जानकारी दिए ।

सुर्खेतका कुन विद्यालयलाई कति बजेट ?
सुर्खेतका २९ वटा विद्यालयलाई भवन निर्माणका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ । तिमध्ये वीरेन्द्रनगर–९ को शिव मावि, बराहताल–५ को जनज्योति मावि, पञ्चपुरी–७ को नेरामावि बुढाखाली, चौकुनेको जगन्नाथ मावि विजौरा, भेरीगंगा–१० को प्रभात मावि यानीचौर, गुर्भाकोट–१२ को नराप्रावि ज्यामिरे दह, चिङ्गाडको नेरामावि धैलाचाख, लेकवेशी–५ को नरामावि नेटा र सिम्ता गाउँपालिका–१ गान्द्राको भगवति माविलाई ४० लाखका दरले बजेट दिएको छ ।

त्यस्तै आधारभूत तहमा पञ्चपुरी–४ को नेराआवि डाब, पञ्चपुरी–१ को नेराआवि मानेसैन, पञ्चपुरी–८ को जनगागृत आवि दुलालथाई, बराहताल–३ को नेराआवि सुकुरमाला, बराहताल–५ चेपाङको सरस्वति मावि, बराहताल–६ ब्यूरेनीको विष्णुआवि, चौकुने–४ को नेराआवि मोतिसेरा, वीरेन्द्रनगर–१० पर्नेनीका कोपिला, वीरेन्द्रनगर–१६ को सूर्यआवि, वीरेन्द्रनगर–१० को नेराआवि तल्लोथानीचौर, भेरीगंगा–८ को नेराआवि मदानेचौर, भेरीगंगा–९ को नेराआवि काठेघारी, गुर्भाकोट–१० को नेराआवि डाँफेवारी, गुर्भाकोट–१४ को चन्द्रज्योति प्रावि, चिङ्गाड गाउँपालिका–१ को गोकर्ण आवि पाखापानी र लेकवेशी नगरपालिका १० को नवज्योति प्रावि पोखरीचौरलाई २० लाखका दरले बजेट निकासा भएको छ । त्यस्तै समूह प्रावि पञ्चपुरी र श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामलाई ४० लाखका दरले र नेपाल आधारभूत मावि नयाँगाउँ गुर्भाकोटलाई २० लाख बजेट दिएको छ ।

९१ विद्यालयमा खेलमैदान
कर्णालीका ९१ वटा विद्यालयमा खेल पूर्वाधार निर्माण गरिने भएको छ । विद्यालयलाई खेलपूर्वाधारमा सम्पन्न बनाउने उद्देश्यले खेलमैदान निर्माण गर्न लागेको हो । तथ्याङ्क अनुसार दैलेखका १० वटा, डोल्पाका नौ, हुम्लाका आठ, जाजरकोटका आठ, जुम्लाका नौं, कालीकोटका आठ, मुगुका आठ, रुकुमपश्चिमका आठ, सल्यानका नौं र सुर्खेतका विभिन्न १४ वटा विद्यालयमा खेल पूर्वाधार निर्माण हुने छन् ।

खेलमैदान निर्माणका लागि सुर्खेत, दैलेख, कालीकोट, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, मुगुमा एक–एक करोड र जुम्ला र रुकुमपश्चिममा ९०–९० लाख बजेट पठाइएको छ ।

बजेट विनियोजन भएका विद्यालय तथा खेलमैदानको विवरण

 

कर्णालीका १२० विद्यालयका भवन र ९१ वटा खेलमैदान बन्दै (बिवरणसहित)

कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णालीका १२० विद्यालयका भवन र ९१ वटा खेलमैदान बन्दै (बिवरणसहित)

YUGAAWHAN NATIONAL DAILY (2078-10-22)

1 Comment

  1. Tenjing lama
    12th Feb 2022 Reply

    मुगुमा यत्रो बजेट हालेर के कर्णाली प्रदेश कंगाल हुने मन छ मुख्य मन्त्री ज्यु…बरु जहा कमि छ त्यहा हाल्नुस।

Leave a comment

Your email address will not be published. Required fields are marked *