बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ

सुर्खेत : बराहताल गाउँपालिका ५ बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । तीन थान चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्युरो टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राम प्रशाद घर्तिले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल नगरपालिका ८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका ४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका २ का विमल शाही रहेका छन् । बड्डीचौर बजारमा रहेको प्रेम होटलको ३ नम्बर कोठा बाट शनिवार सवा १ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ

कार्टुन

बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ

आज सुनचाँदीको भाउ घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *