रामायणले नेपाल(भारतको सम्बन्धलाई जोड्न सेतुको काम गरेको छ : महतो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल(भारत सम्बन्धलाई बलियो बनाउन कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरूको विदाई कार्यक्रममा बोल्दै महतोले यस्तो बताएका हुन्।

नेपाल भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उनले उल्लेख गरे। राम र सीताबीचको सम्बन्ध रामायणकालिन भएकै कारणले आफूहरूले नेपाल(भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उनले बताए।

सीताबिना सम्पूर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए। मिथिलाको कला क्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने उनको भनाइ छ। मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भुमिका महत्वपूर्ण रहेको बताए।

रामायणले नेपाल(भारतको सम्बन्धलाई जोड्न सेतुको काम गरेको छ : महतो

माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप

रामायणले नेपाल(भारतको सम्बन्धलाई जोड्न सेतुको काम गरेको छ : महतो

कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *