लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन खुला गरेको छ। कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द गरेको थियो।

कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। सूचना अधिकारी अब नियमित फाराम भर्न सकिने छ। आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ।

सवारी साधनको नयाँ ट्रायल स् कुन गल्ती गर्दा कति नम्बर काटिन्छ ?, जान्नै पर्ने यी कुरा
कसरी हुन्छ परीक्षार ?

नयाँ आवेदनहरुले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ का अनुसार परीक्षा दिनुपर्नेछ। जसमा लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ। ती प्रश्नको अंक भार १०० नम्बरको हुने छ भने नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याए उत्तीर्ण हुने छ।

निर्देशिका अनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ। त्यसमध्येबाट प्रश्न सोधिने छ। नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंक भार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने विभागले जनाएको छ।

लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला

कार्टुन

लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला

सही विवरण देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *