पाँचथरमा मात्र २८ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा बाढी(पहिरोका कारण ६२ जनाको मृत्यु भएको छ । बेमौसमी वर्षापछि केही दिनअघि गएको बाढी(पहिरोमा परी २० जना घाइते भएका छन । १३ जना बेपत्ता भएको छन्।

बाढी(पहिरोले सबैभन्दा बढी पाँचथरमा मानवीय क्षति भएको छ। प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार  कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएका छन्।

यसैगरी इलाममा १४ जनाको मृत्यु‚ पाँच जना घाइते र एक जना बेपत्ता भएका छन्। इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी(पहिरोले मानवीय क्षति पु¥याएको हो।

यस्तै‚ धनकुटाको चौबिसे गाउँपालिकामा बाढी(पहिरोका कारण सातजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आठजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन् ।

बाढीका कारण मोरङको विराटनगर महानगरपालिका(१२ मा एक‚ भोजपुरको राम प्रसाद राई गाउँपालिका(६ एक तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण एकरउक जनाको मृत्यु भएको प्रवक्ता राईले जनाकारी दिए ।

बाढी कारण सयौं घर डुबानमा पर्दा चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। प्रवक्ता राईका अनुसार प्रदेशमा पाँच हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भएका छन् ।

पाँचथरमा मात्र २८ जनाको मृत्यु

टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश

पाँचथरमा मात्र २८ जनाको मृत्यु

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *