पाँचथरमा मात्र २८ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा बाढी(पहिरोका कारण ६२ जनाको मृत्यु भएको छ । बेमौसमी वर्षापछि केही दिनअघि गएको बाढी(पहिरोमा परी २० जना घाइते भएका छन । १३ जना बेपत्ता भएको छन्।

यसैगरी इलाममा १४ जनाको मृत्यु‚ पाँच जना घाइते र एक जना बेपत्ता भएका छन्। इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी(पहिरोले मानवीय क्षति पु¥याएको हो।
यस्तै‚ धनकुटाको चौबिसे गाउँपालिकामा बाढी(पहिरोका कारण सातजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आठजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन् ।
बाढीका कारण मोरङको विराटनगर महानगरपालिका(१२ मा एक‚ भोजपुरको राम प्रसाद राई गाउँपालिका(६ एक तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण एकरउक जनाको मृत्यु भएको प्रवक्ता राईले जनाकारी दिए ।
बाढी कारण सयौं घर डुबानमा पर्दा चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। प्रवक्ता राईका अनुसार प्रदेशमा पाँच हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भएका छन् ।





