आफन्तबाट हत्या, पराइबाट बलात्कार

घटना १
गएको फागुन दुई गते सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्राकी १६ वर्षीया कविता बोहराको हत्या भयो । मध्यराती सोही ठाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरे । हत्याको कारण प्रेम सम्बन्ध थियो । एउटै विद्यालयमा कविता कक्षा ९ र १० अध्ययनरत गर्थे । कविता र कृष्णको घर दश मिनेटको दुरीमा छ ।

फागुन २ गते ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस परेको थियो । दुई बर्षदेखि कवितालाई प्रेम गर्ने कृष्णले ‘भ्यालेन्टाइन डे’को मौका पारेर प्रेम प्रस्ताव राखे । तर कविताले प्रस्ताव सिधै स्विकार गरिनन् । प्रेम प्रस्ताव अस्विकार गरेपछि कृष्णले कविताको हत्या गर्ने योजना बनाए ।

राती घरमा रहेको खुकुरी लिएर कविताको घरतिर निस्किए । संयोग या दुर्भाग्य त्यो दिन कविता घरको आँगन नजिकै कोहीसँग फोनमा कुरा गर्दै थिइन् । रातीको समयमा कोठा भित्र नेटवर्कले काम गर्थेन् । कसैसँग फोनमा मस्त भएको बेला पछाडिबाट खुकुरीले हिकार्याए र हत्या गरे । कृष्ण हाल जेल सजाय भोगिरहेका छन् ।

घटना २
गएको फागुन २३ गते दैलेखमा एक आमाले चार सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरिन् । आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले १४ वर्षीया छोरी कल्पना, १२ वर्षीया सरिता, आठ वर्षीय छोरा ललित र पाँच बर्षिया छोरी रजनीसहित सामूहिक आत्महत्या गरे ।

आत्महत्याको मुख्य कारण घरेलु हिंसा थियो । सुकीका श्रीमान मानसिंह बडुवालको हिंसाबाट उनी हैरानी थिइन । अन्ततः श्रीमानको हिंसा सहन नसकेकै छोराछोरीसहित सुकीले आत्महत्या गरिन् । हाल मानसिंहले आत्महत्या दुरुत्साहनको मुद्धा खेपिरहेका छन् । उनी पूर्वपक्षका लागि कारागार चलाएन भएका छन् । अदालतले भने अन्तिम फैसला टुङ्गाएको छैन ।

घटना  ३
गएको असोज १६ गते परपुरुषसँग लागेको भन्दै हुम्लाका एक जना महिलालाई अमानविय बेवहार गरे । स्थानीयले दिसा खुवाए । कपाल खौरिदिए ।

जुक्ताका माला लगाएर गाउँ घुमाए । परपुरुषसँग सम्बन्ध भए÷नभएको पुष्टि नगरी स्थानीयले महिलालाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरे । समयमै प्रहरी घटनास्थल पुग्दा उनका ति महिलाको ज्यान जोगियो ।

घटना  ४
जेठ २१ गते राउटे युवतीमाथि यौन दुव्र्यवहार भयो । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षका भूपेन्द्र बुढाले अर्धनग्न बनाएर यौन दुव्र्यवहार गरे । युवतिहरुलाई मदिराको लोभमा फसाएर मध्यराती होटलमा पु¥याए ।

होटल सञ्चालक २९ वर्षका विनोद पुनको मिलेमतोमा राउटे युवतिलाई दुव्र्यवहार भयो । हाल उनीहरु पूर्वपक्षका लागि कारागार चलान भइसकेका छन् । उल्लेखित घटनाहरु महिलामाथि हुने हिंसाकाको केही उदाहरण मात्रै हुन् ।

पछिल्लो समय यौन र पारिवारिक कलहका कारण कर्णालीमा महिला हिंसाका घटनामा बृद्धि भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षको अवधिमा कर्णाली प्रदेशभर कुल तीन हजार ६ सय ४२ जना महिलामाथि हिंसा भएको छ । तथ्याङ्क अनुसार महिलामाथि हुने बलात्कार, घरेलु हिंसा जस्ता घटनाहरु बर्षेनी बढ्दो क्रममा छ ।

आर्थिक बर्षमा ०७५/०७५ मा प्रदेशभर एक हजार एकसय ३२ वटा घटना हुँदा ०७६/०७७ मा एकहजार ६६ र ०७७/०७८ मा एकहजार चारसय ४५ वटा महिला हिंसाका घटनाहरु भएका छन् । तिमध्ये दुई हजार तीनसय ५७ जना महिलाहरु घरेलु हिंसाको सिकार भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्द्रले जानकारी दिए ।

तीन सय ५७ जनामाथि बलात्कार, ७० जनाको हत्या

यसैबीच पछिल्लो तीन बर्षको अवधिमा कर्णाली प्रदेशमा तीन सय ५७ जना महिलामाथि बलात्कारका घटना भएका छन् । बलात्कारका घटना सुर्खेतमा सबैभन्दा धेरै भएका छन् । पछिल्लो तीन बर्षको अवधिमा सुर्खेत मात्रै एकसय ३३ वटा बलात्कारका घटना भएको प्रहरीको तथ्याङ्क छ । त्यस्तै दैलेखमा ४५, जाजरकोटमा २८, रुकुमपश्चिममा ३६, सल्यानमा ५८, जुम्लामा १७, हुम्लामा नौ, मुगुमा १०, कालिकोटमा १५ र डोल्पामा पाँच वटा बलात्कारका घटना भएका छन् ।

विभिन्न प्रकारका हिंसाका कारण प्रदेशभर ७० जना महिलाल मृत्यु भएको छ । जसमध्ये सुर्खेतमा आठ, दैलेखमा १३, जाजरकोटमा ११, रुकुमपश्चिममा १३, सल्यानमा १८, हुम्लामा तीन, मुगु र डोल्पामा दुई–दुई जनाको हत्या भएको छ । त्यस्तै पछिल्लो तीन बर्षमा महिला हिंसाकै कारण प्रदेशभर तीन सय ९० जना महिलाहरु आत्महत्या गर्न बाध्य भएका छन् । आत्महत्याको मुख्य कारण पनि महिला हिंसा नै भएको प्रहरीले जनाएको छ ।

मनकलाको हत्या १५ वर्षीय भतिजाबाट

यसैबीच रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की मनकला खत्री खड्काको आफ्नै १५ बर्षीय भतिजाले हत्या गरेको पुष्टि भएको छ । व्यक्तिगत रिसिविका कारण सहोदर भतिजाले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भतिज मनकलाका माइला जेठाजुका छोरा हुन् ।

मनकला ठाइला श्रीमती हुन् । नावालक भएका कारण हत्यामा संलग्नको नाम खुलाइएको छैन । उनी कक्षा १० मा अध्ययनरत छन् । उनीसँगै अर्का ११ वर्षे भतिजो र जेठाजु समेत प्रक्राउ परेका छन् । तर ११ बर्षे भतिजाले घटनास्थलमा भए पनि हत्या नगरेको बताएका छन् ।

‘पानी परिरहेको थियो, अन्टि (सानीआमा अर्थात मनकला) छाता ओडेर भैसीलाई घाँस हाल्न आएकी थिइन्,’ १५ वर्षीय छोराले प्रहरीसँग बयानमा भनेका छन्, ‘उहाँले मेरो घाँस नाघेपछि खुर्पाले हिर्काएको हुँ ।’ घटनामा प्रयोग भएको हतियार र लुटिएका गहनाहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाइ–भाइबीचको घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । तर घटना हुनुको मुख्य कारण भने खुलेको छैन् । घटनाको मुख्य योजनाकाहरु अरु कोही छन् वा नावालकले आफैले हत्या गरेका हुन् भन्ने विषयमा प्रहरीले अध्ययन थालेको छ । आर्थिक रुपमा माइला जेठाजुको परिवारभन्दा मनकला सक्षम थिइन् ।

जेठाजुको परिवारले मनकलाबाट चार लाख रुपैयाँ ऋण समेत लिएको खुलेको छ । तर मनकला र जेठाजुका परिवारबीच बोलचाल बन्द थियो । घरका सात भाइमध्ये मनकला बाहेकका सबैको जग्गा जमिन माइलाले नै प्रयोग गर्दै आएका छन् । अन्य भाइहरू रोजगारीका सिलसिलमा गाउँ बाहिर छन् ।

माइला पनि त्रिवेणी गाउँपालिकाको कार्यालय सहयोगी हुन् । पारिवारिक विवादका कारण मनकलाको हत्या भएको रुकुमपश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जनाए । मृतक मनकलाका एक नाबालक छोरा छन् । उनी सासू आमासँग बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि चार बर्षदेखि मलेसियामा छन् ।

आफन्तबाट हत्या, पराइबाट बलात्कार

होटल व्यावसायीले मागे कोरोना विरुद्धको खोप

आफन्तबाट हत्या, पराइबाट बलात्कार

YUGAAWHAN NATIONAL DAILY (2078-04-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *