बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा विभिन्न राहत तथा सहुलियतका लागि बजेट विनियाेजन गरेका छ। अर्थमन्त्रत्री विश्णु पाैडेलले बजेट भाषणमार्फत आर्थिक पुनर्स्थापना, गुणस्तरीय खानेपानी सुनिश्चित गरिने, खानेपानीमा मासिक २० हजार लिटरमा रुपैयाँ छुट, निषेधाज्ञामा बिजुली शुल्कमा छुट दिने जानकारी दिए।

यस्तै इजाजत नवीकरण दस्तुरमा छुट दिने, होटललाई आइसोलेसन बनाए सरकारले सेवामा छुट दिन, बजारमा लैजाने नासवान् बस्तुको ढुवानीमा छुट, वैकल्पिक अध्ययनका लागि सरकारले ऋणमा ल्यापटप उपलब्ध गराउने बजेटमा उल्लेख छ।

सरकारी स्वामित्वको घर लिएर व्यापार गरेकालाई ५० प्रतिशत भाडामा छुट दिने, कोभिड प्रभावित व्यायसायीलाई दिइदै आएकाे ५ प्रतिशत छुटलाई निरन्तरता दिने, सहुलियतपूर्ण कर्जामा पनि पाँच प्रतिशत सहुलियत दिने, सडक ऊर्जा र रेल निर्माण परियोजनामा कानुनी व्यवस्था गरिने, युवा उद्यमीलाई परियोजनf धितो राखी एक प्रतिशत ब्याजमा २५ लाख दिइने, नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिना भिसा नि:शुल्क थपिने मन्त्री पाैडेलले जानकारी दिए।

बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब विनियोजन

बजेटमा राहत तथा सहुलियतका यस्ता छन् कार्यक्रम

गरिबी निवारण कोष खारेज

Leave a comment

Your email address will not be published. Required fields are marked *