कोरोना नियन्त्रण र विपद् न्यूनिकरणमा जुट्न सीडीओ हरुलाई दिर्नेशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले कोरोना महामारी नियन्त्रण र विपद् न्यूनिकरमा जुट्न कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएकी छिन् ।

बुधबार दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुेल बैठकमा मन्त्री नेपालीले यस्तो निर्देशन दिएकी हुन् । ‘प्राकृतिक विपद्बाट कर्णालीमा बर्षेनी लाखौको धनजनको क्षति हुँदै आएको छ’ मन्त्री नेपालीले भनिन्, ‘अब विपद् न्यूनिकरणका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लाग्नोस् ।’ प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनिकरणका लागि प्रदेशस्तरिय सूचना प्रर्णाली लागू गर्न लागेको जानकारी दिँदै उनले त्यसको प्रभावकारी व्यवस्थापनमा सीडीयोहरुको सहयोग महत्वपूर्ण हुने बताइन् ।

मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रर्णालीको विकास, जनचेतना फैलाउनुपर्ने बनाउनुपर्ने बनाइन् । त्यस्तै प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि खटाउने स्वयमसेवकलाई गाउँगाउँमा पु¥याएर सचेतनाका लागि समन्वयकारी भूमिका खेल्नुपर्ने बताइन् । संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले स्वास्थ्यकर्मीको पदपूर्ति गर्न लागिरहेका भन्दै जिल्लामा सहज अक्सिजन आपूर्तिको वातावरण तयार पार्न सीडीयोहरुलाई आग्रह गरिन् ।

कोरोनाको तेस्रो भेरियन्ट समेत आउन सक्ने जिल्लामा त्यसको तयारी थाल्नुपर्ने बताइन् । कार्यक्रममा सीडीयोहरुले कोरोना नियन्त्रण र विपद् व्यवस्थापनमा आइपर्ने चुनौति र भइरहेका प्रयासहरुका विषयमा जानकारी गराएका थिए । जिल्लामा कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको भन्दै सीडीयोहरुले विपद्को पूर्वतयारीका लागि सूचना सयन्त्रलाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताएका थिए ।  प्रदेशको स्वास्थ्य सेवा प्रर्णाली कमजोर भएको भन्दै सीडीयोहरुले सबै नागरिकलाई खोप लगाउने वातावरण तयार पार्नुपर्ने सुझाव दिएका थिए ।

कोरोना नियन्त्रण र विपद् न्यूनिकरणमा जुट्न सीडीओ हरुलाई दिर्नेशन

‘महामारीमा जनता बचाउन सबै उपाय अपनाउने छौं’

Leave a comment

Your email address will not be published. Required fields are marked *