दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह
काठमाडौं । उपत्यकामा सरकारी गाडी दिउँसोको समयमा चलाउन रोक लगाइएको छ। शुक्रबारदेखि लागू हुनेगरी निषेधाज्ञा थप एक साता लम्ब्याउँदै यस्तो निर्णय गरिएको हो ।
सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक,इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन शुक्रबारदेखि दिउँसोको समयमा चल्न नपाउने भएका छन् । मंगलबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
निर्णय अनुसार ती संस्थाका सवारीसाधन बिहानको हकमा ९ स् ३० बजेदेखि १० स् ३० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन्। त्यस्तै,तीन वटै जिल्ला प्रशासन कार्यालयले तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेका छन्।
एक सातालाई खाद्यान्न जोहो गर्न आग्रह
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक साताका लागि खाद्यान्न जोहो गर्न उपत्यकावासीलाई आग्रह गरेका छन्।
शुक्रबारदेखि खाद्यान्न पसलसमेत एक साताका लागि बन्द गर्न लागिएकाले त्यतिञ्जेल पुग्ने खाद्यान्नको जोहो गर्न भनेका हुन्। कोरोना संक्रमण नियन्त्रण हुन नसकेपछि शुक्रबारदेखि एक साता निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय प्रशासनले गरेको छ।





