परीक्षाको मोडालिटीबारे छलफलमा छौँ, छिट्टै निर्णय लिन्छौं : त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड-१९ ले स्थगित त्रिविका वार्षिक परीक्षाको मोडालिटीबारे छलफल गरिरहेको भन्दै छिट्टै निर्णय लिने जनाएको छ। कुन मोडालिटीमा जाने भन्ने विषयमा अहिले सरोकारवालाहरूसँग तीव्र छलफल गरिरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिए ।

त्रिविले दोस्रो लहरको कोभिड-१९ तीव्र रूपमा फैलिएपछि वैशाख १४ गतेबाट सञ्चालन हुँदै आएको त्रिवि अन्तर्गतका वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो।

‘कोरोनाले स्थगित परीक्षा अब कुन मोडालिटीमा लैजाने भन्नेबारे अहिले छलफल चलिरहेको छ,अब छिट्टै निर्णय गरेर परीक्षार्थीलाई जानकारी गराउँछौँ,’ दाहालले  भने। त्रिविका अनुसार स्नातक तहको मानविकी,व्यवस्थापन,शिक्षा लगायत संकायकाे प्रथम, दोस्रो वर्ष लगायतको वार्षिक परीक्षा रोकिएको छ।

त्रिविले अहिलेसम्म राेकिएकाे परीक्षाको लागि केही निकास खोज्न नसक्दा परीक्षार्थी चिन्तित बनेका छन्। तत्काल परीक्षाकाे विकल्प खाेज्नुपर्ने उनीहरूको माग छ।

परीक्षाको मोडालिटीबारे छलफलमा छौँ, छिट्टै निर्णय लिन्छौं : त्रिवि

कोरोना संक्रमितका कुरुवालाई पौष्टिक खाना

परीक्षाको मोडालिटीबारे छलफलमा छौँ, छिट्टै निर्णय लिन्छौं : त्रिवि

निर्देशक शेर्पाले बनाए अर्को रेकर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *