घुँयत्राे

नेता भन्या ओलीबा जस्तै दुरदर्शी र निडर हुनुपर्छ । पहिला सत्ताँ पुग्न माओवादीसित गठबन्धन गर्नु भो । त्यसपछि चुनावी परिणाम आफ्नो पक्षाँ आउने जस्तो भएछि विद्यालाई राष्टपति बनाउनु भो । विद्यालाई राष्टपति बनाउन कति पापड बेल्नु भो र किन बेल्नु भो भन्ने कुरा बल्ल जनताले था पाए ।
साँच्चै भन्ने हो भने संविधानका सब्बैधारा प्रधानमन्त्री बन्न विद्या नभएको भए कहीँ सम्भव थ्यो त ? अरु त अरु पार्टीका झगडा मिलाउने कुरा होस् कि माधव र झलनाथलाई पार्टीबाट निकाल्ने कुरा होस्, सब्बैमा विद्यालाई साक्षी राख्दै नेता तह लाउँदै गर्ने सुवर्ण अवसर पनि त राष्टपतिले देकी छन् ।
नत्र कुनै पार्टीभित्रको झगडा मिलाउन संसारका कुनै राष्टपतिले बैठक बोला सुन्नु भा छ । तर हाम्री राष्टपतिले बोलाईन् । त्यति माात्रै हो र ? हाम्री राष्ट्रपतिले प्रधानमन्त्रीले जेजे पेश गरे, अर्थात संवैधानिक परिषद्को अध्यादेशदेखि लेर ओलीबालाई चाहिएका अनेक थरिका अध्यादेशसमेत ल्याएर भक्काभक नियुक्ति गर्ने कामसमेत भ्याउन राष्टपतिले ल्याप्चे लाउँदै गइन् ।
ओलीबाले पेश गर्या कुरामा कहिल्यै प्रश्न गरिनन् । सााँच्चिकै देशको शासन चलाउने नै हो भने ओली जस्ता प्रधानमन्त्री र विद्या जस्ता राष्टपति हामी जस्ता भाग्यमानी नेपालीले विरलै पाउँछम् । तीन बर्षको अवधियाँ संविधानले परिकल्पना गर्या सबै खालका प्रधानमन्त्री रोजिछानी पाउने भन्या केटाकेटी खेल हो ? अरु भएको भए दोस्रो पटक नी हैट म त प्रधानमन्त्री हुन्न भनेर भागेर हिन्थे होला ।
तर हाम्रो प्रधानमन्त्रीहरूले जनता लागि भनेर टसको मस नभएर बसि रहनु भो । यति सम्मकी अन्तिम क्षणाँ मैले नचाहँदा नचाहँदै पनि चुनावा जानू परो भनेर जनता लागि कति धेरै आँशु बगाउनु भो, जुन कुरा अरुले नदेखेनी पत्रकारले देख्याछन् । आखिर ह्वाँले आँशु खसाल्या, आफ्नै नेतालाई पार्टीबाट निकाल्या, जनता कोरोनाले मर्या आफ्नै आँखाले देख्दादेख्दै नी उपचार गर्ने फुर्सद नपा, राष्ट्रिय सभाको चुनाव बनाउन पर्या सब्बै गर्या जनता निम्तिनै हो ह्वाँ ले गर्या ।
यस्तो स्वर्णिम नेता पाउँदा नी हाम्ले कदर गर्न जानेनम् धिक्कार छ हाम्लाई । रेल गुडाउनेदेखि पानीजहाज तैराउनेसम्मका योजना ल्याएर तिनलाई आफ्नै पाला चलाएर जनतालाई समृद्ध बनाउने सपना देख्या ओलीबालाई ह्वाँको सपनै पूरा हुन नदिने माधव र प्रचण्डले गर्दा त्यो धरहरा पनि अधकल्चैमा उदघाटन गर्नुपरो । अरुभा यसो गर्थे साहस, आँट र निडर भएरै ओलीबाले ५ पुस देखिदेखा चटक ७ जेठसम्म देखाएर अहिले आराम फर्माउनु भा छ । यसपछि के गर्नुहुन्छ हेर्न बाँकी नै छ । जयहोस ओली बा !
वेदर्षि






