चीनमा ५० करोड डोज कोरोना भ्याक्सिन लगाइयो

एजेन्सी । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ।

कोभिड–१९ का लक्षणहरू चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ।

विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ। चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरू लगाइरहेको छ।

बीबीसीका अनुसार विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ। यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन्।

त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन्।

चीनमा ५० करोड डोज कोरोना भ्याक्सिन लगाइयो

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी

चीनमा ५० करोड डोज कोरोना भ्याक्सिन लगाइयो

घुँयत्राे

Leave a comment

Your email address will not be published. Required fields are marked *