राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ ।

मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजना रकम मुद्दती र कल निक्षेपमा राख्न लागिएको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लगानी गर्ने भन्दै हिजो सर्कुलर जारी गरेको छ ।

रकम लिन बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

कोरोना फैलनुअघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

चीनमा ५० करोड डोज कोरोना भ्याक्सिन लगाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *