केबलकार चुडिँदा इटालीमा १४ जनाको मृत्यु

एजेन्सी । केबलकार चुँडिँदा इटालीमा १४ जनाको ज्यान गएको छ। लेक मागोरीनेर यात्रु खचाखच बोकेर केबलमा कुदिरहेको गोन्डाला खस्दा मानवीय हताहती भएको हो।

केबलकारको रिसोर्ट टाउनबाट नजिकैको मोटावर्नी माउन्टेनतर्फ यात्रुहरू जाँदै गर्दा केबलकार चुँडिएको थियो। आइतबार दिउँसो भएको सो दुर्घटनापश्चात केबलकारका तार र गोन्डालाहरू रुख-बिरुवा भएको भिरालो जमिनमा यत्रतत्र छरिएको छ।

ज्यान गुमाएकामध्ये पाँच जना इजरायली नागरिक भएको त्यहाँका विदेश मन्त्रालयले जनाएको छ। अधिकांशको दुर्घटनास्थलमै ज्यान गएको इटालीका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्‌।

केबलकार चुडिँदा इटालीमा १४ जनाको मृत्यु

गले रामदेव, भने – ‘म चिकित्सा विज्ञानको

केबलकार चुडिँदा इटालीमा १४ जनाको मृत्यु

पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान

Leave a comment

Your email address will not be published. Required fields are marked *