अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

काठमाडौँ । गायक हेमन्त रानाले अमेरिकामा बिबाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् ।

उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । गायक हेमन्त रानाले भने–‘हामी साढे २ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । दुबैको परिवारको सहमतीमा बिहे गरेका हौं ।’

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।

गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।

गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । गायक रानालाई वैवाहिक जीवनको शुभकामना ।

अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

राष्ट्रपति र प्रधानमन्त्रीको कदम क्षम्य हुनेछैन :

अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

प्रतिमा र प्रवीणको नयाँ गीत ‘माया लाइसक्यो’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!