एमाले स्थायी कमिटी बैठक दिउँसो ४ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी बैठक शनिबार दिउँसो ४ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै पार्टी स्थायी कमिटी बैठक डाक्नु भएको हो ।

अन्तरिम प्रधानमन्त्रीसमेत रहनु भएको अध्यक्ष ओलीले बालुवाटारमा बोलाउनु भएको बैठकमा चुनावको मिति घोषणासँगै पार्टीको आन्तरिक जीवनका बारेमा समेत छलफल हुने जनाइएको छ ।

यसका साथै आफ्नो पार्टीका सम्पूर्ण निर्णयहरु लत्याउँदै कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउने मतियारका रुपमा उदाएका माधव नेपालसहित उनी सम्बद्ध नेताहरुमाथि हुने कारबाहीबारे पनि छलफलको विषय हुनसक्ने कार्यालय स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते आमनिर्वाचनको चुनावको मिति घोषणा गर्नुभएको छ ।

एमाले स्थायी कमिटी बैठक दिउँसो ४ बजे

रहेनन् हलिउड अभिनेता पल मुनी

एमाले स्थायी कमिटी बैठक दिउँसो ४ बजे

राष्ट्रपति र प्रधानमन्त्रीको कदम क्षम्य हुनेछैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!