म प्रधानमन्त्रीमा दाबी गर्ने प्रयासमा छु , दाबी गर्नसक्छु : प्रधानमन्त्री

काठमाडौं । म सँग १२१ मतभार छ, मलाई अलि सजिलाे होला ’, प्रधानमन्त्री ओलीले राष्ट्रपतिले दिएको समय सीमाभित्र सरकारको दावी गर्नुहुन्छ कि हुदैन ? भन्ने प्रश्नsमा ओलीले भने, ‘समर्थन दिनुस् भनेर साथीहरुसँग कुरा गरिरहेको छु ।’

तर प्रधानमन्त्री ओलीले आफुलाई अब सरकार चलाउन मन भने नभएको बताएका छन् । ‘अर्को प्रम नबन्दा सम्म म प्रधानमन्त्रीकै रुपमा काम काज गरिरहन्छु । तर अर्को प्रधानमन्त्री बन्न बाटो खुलेको छ । म दिक्क भइसके सरकार चलाउन, मन छैन । अर्को सरकार बनाऊ त्यसका लागि बाटो खुलेकै छ । राष्ट्रपतिले मिलेन भनेर त भन्नुभएको छैन’, प्रधानमन्त्रीको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *