आफू अभिनित चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि सुरक्षा पन्तलाइ दुःख लागेको छ

काठमाडौं । कलाकार सुरक्षा पन्तले आफूले काम गरेको छोटो चलचित्र ‘मनबार’ एक हिन्दी छोटो चलचित्रको हुबहु कपी भएको भन्दै आफूलाई दु:ख लागेको बताएकी छन् ।

युट्युबमार्फत केही समय अगाडि सार्वजनिक भएको छोटो चलचित्र ‘मनबार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’ को कपी भएको थाहा पाउँदा आफू अत्यन्त दु:खी भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी हुन्।

उनले पहिले नै यसबारे आफूलाई जानकारी भएको भए काम नगर्नेसमेत बताएकी छन् । ‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्ककले गर्दा आफ्नो काम प्रति कहिलेकाँही मन खुम्चिन पुग्छ। व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म। त्यसैले अनविज्ञ भई यस माहोलमा एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।

यस्तो काम फेरि पनि नदोहोरिएला भन्ने स्थिति नरहेको भन्दै उनले इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको नहुँदा काम गर्नु अगाडि कलाकार वा अन्य टोलीले कपी हो वा होइन भनेर लेखकको सम्मानमा ठेस नपुर्‍याई कसरी प्रश्न राख्न सक्ला? भन्दै उनले प्रश्न गरेकी छन् ।

यस्तै उनले यही सिनेमाको दोस्रो पार्टमा आफूले काम नगर्ने समेत बताएकी छन्। ‘उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यसमा काम नगर्ने मनसायमा पुगेको छु’, उनले भनेकी छन्, ‘यो पाठ हो, केवल मैले होइन सम्पूर्ण टीमले मनन गर्न जरूरी छ ।’

https://www.facebook.com/surakshyap/posts/10224694581167731

आफू अभिनित चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि सुरक्षा पन्तलाइ दुःख लागेको छ

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

आफू अभिनित चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि सुरक्षा पन्तलाइ दुःख लागेको छ

कोरोनामुक्त भएको तीन महिनापछि खोप लिनु उपयुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *