एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।

आजको बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य तथा सुवासचन्द्र नेम्वाङले जानकारी दिए। पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ।

आज अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ। आजको स्थायी कमिटी बैठकमा कार्यदलमा भएको छलफल र प्रगतिबारे व्रिफिङ हुने जनाएको छ।

स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ। त्यस्तै, प्रधानमन्त्री ओलीले बजेटअघि नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ।

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

महामारी नियन्त्रण र ठूला आयोजनालाई प्राथमिकता

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

आफू अभिनित चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि सुरक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *