बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

बंगलादेशमा कोरोनाको भेरियन्ट अफ कन्सर्न (भीओसी) संक्रमणबाट मानिसको ज्यान जान शुरू भएको छ। भीओसी भारतमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट हो।

सोमबार ज्यान गुमाएका ती व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए।

बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरूमा अत्यधिक सङ्क्रामक कोरोना भाइरसका दुई घटनाहरू पत्ता लागेका थिए।

भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुवाहक उडानहरूलाई पनि स्थगित गरिएको थियो।

बंगलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो।

यससँगै अहिलेसम्म बंगलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ।

बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

‘ताउ ते’ चक्रवातमा मुम्बईका १२७ जना हराए

बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

Leave a comment

Your email address will not be published. Required fields are marked *