‘ताउ ते’ चक्रवातमा मुम्बईका १२७ जना हराए

एजेन्सी । ताउ ते चक्रवातमा परी भारतीय शहर मुम्बईका १२७ जना हराएका छन्‌ । मुम्बईको समुद्रमा आएको ‘ताउ ते’ नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुबेको र कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ।

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जानकारी दिएको छ। भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ।

सो डुंगामा रहेका अरू १२७ जना अहिले पनि हराइरहेका बताइएको छ। उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ। मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार ‘ताउ ते’ नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो।

मंगलबार प्रति घन्टा १८५ किलोमिटरका दरले सो चक्रवात आएको थियो। त्यो चक्रवातले भारतका अरू क्षेत्रमा पनि ठूलो असर गरेको छ।

भारतको गुजरातको सामुद्रिक किनार नजिकै पनि यसले प्रभावित बनाएको छ। कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।

सो चक्रवातमा परी हालसम्म डेढ दर्जनको मृत्यु र करिव डेढ लाख मानिसहरू विस्थापित भएका भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्‌।

‘ताउ ते’ चक्रवातमा मुम्बईका १२७ जना हराए

इङ्लिस प्रिमियर लिग : चेल्सीसँग लेस्टर २-१

‘ताउ ते’ चक्रवातमा मुम्बईका १२७ जना हराए

बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *