इङ्लिस प्रिमियर लिग : चेल्सीसँग लेस्टर २-१ र ब्राइटनसँग सिटी ३-२ ले पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। यस्तै, ब्राइटनसँग म्यानचेष्टर सिटी ३-२ ले पराजित भएको छ।

चेल्सीको जीतका लागि एन्टोनियो रुडिगरले दोस्रो हाफको शुरूमै र जर्गिन्होले ६६ ‍औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । लेस्टरका केलिची इहेनाचोले ७६ औँ एक गोल फर्काएका थिए

लेस्टरमाथिको जीतसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीले ३७ खेलबाट ६७ अंक जोडेको छ भने एक स्थान तल झरेको लेस्टरले समान खेलबाट ६६ अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ गोलले स्तब्ध बन्यो।

खेलको दोस्रो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। यस्तै, दोस्रो हाफको शुरूमै फिल फोडोनले ब्राइटनको पोष्टमा अर्को गोल छिराएका थिए।

तर, सिटीले यो अग्रता जोगाउन भने सकेन। सिटीको पोस्टमा ब्राइटनका लियान्द्रो ट्रोससार्डले ५० औं, एडाम वेवस्टेरले ७२ औं र ड्यानियल बर्न ७६औं मिनेटमा गोल छिराएपछि सिटी स्तब्ध बनेको हो।

लिगको दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडका हकमा पनि गएराति भएको खेल उत्साहप्रद रहेन। युनाइटेड रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको हो।

युनाइटेडका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरेका थिए। तर, ७६ औं मिनेटमा फुलह्यामका जोय ब्रायनले पनि युनाइटेडको पोस्टमा गोल छिराएका थिए।

इङ्लिस प्रिमियर लिग : चेल्सीसँग लेस्टर २-१ र ब्राइटनसँग सिटी ३-२ ले पराजित

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने

इङ्लिस प्रिमियर लिग : चेल्सीसँग लेस्टर २-१ र ब्राइटनसँग सिटी ३-२ ले पराजित

‘ताउ ते’ चक्रवातमा मुम्बईका १२७ जना हराए

Leave a comment

Your email address will not be published. Required fields are marked *