होली खेलेको पैसा मिर्गौलापीडितको उपचारमा सहयोग

डडेल्धुरामा होली खेलेर संकलन गरिएको पैसा मिर्गौलापीडितलाई सहयोग गरिएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नं ४ कटालका जितेन्द्र टमाटाको उपचारका लागि सहयोग गरिएको हो ।

रेडज्वाला होली कमिटीले होलीबाट उठेको ३८ हजार ३ सय ४१ रुपैयाँ परिवारलाई बुझाइएको सामाजिक अभियान्त तथा विश्व हिन्दू युवा संघ परशुरामका अध्यक्ष रोहन ऐरले जानकारी दिए ।

टमाटाको दुवै मिर्गौला फेल भएर धनगढीस्थित माया मेट्रो अस्पतालमा डायलासिस गराइरहेका छन् । दुईवटै मिर्गौला फेल भएका टमटाको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारमा समस्या भइरहेको छ ।

उनको उपचार गर्न सक्ने पारिवारिक अवस्था समेत नरहेकाले आर्थिक संकलन जुटाउन लागिएको अध्यक्ष ऐरले बताए । टमाटाको उपचारका लागि करिब १३ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ । जितेन्द्रकी आमाले छोरालाई एक मिर्गौला दिने बताएकी छन् ।

टमाटाको उपचारका लागि सहयोग गरिदिन सबैलाई उनकी आमाले आग्रहसमेत गरेकी छन्। डडेल्धुराको जगबुडास्थित कृषि विकास बैंक लिमिटेडमा जितेन्द्र टमाटाको नाममा रहेको खाता नं ०८२७२०१५०२८७१०१९ मा सहयोग गर्न सकिनेछ ।

होली खेलेको पैसा मिर्गौलापीडितको उपचारमा सहयोग

मह जोडीलाई महामूर्खको उपाधि

होली खेलेको पैसा मिर्गौलापीडितको उपचारमा सहयोग

होली खेल्दा एसिड छ्यापियो, तीन बालबालिका घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *