मह जोडीलाई महामूर्खको उपाधि

यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् ।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी योपटक वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यलाई प्रदान गरिएको हो ।


आईतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनीहरु दुवै जनालाई मिनापले महामूर्ख घोषणा गरेको छ । मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य साँस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

वि।सं २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजन हुँदै आएको छ । अघिल्लो वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

मह जोडीलाई महामूर्खको उपाधि

सुन तोलामा सामान्य वृद्धि, चाँदी भने घट्यो

मह जोडीलाई महामूर्खको उपाधि

होली खेलेको पैसा मिर्गौलापीडितको उपचारमा सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *