प्रदेशस्तरिय भलिबलखेलकाे उपाधिका लागी भाेली आयोजक र रुकुमपश्चिम बीच खेलहुने

सुर्खेत । प्रदेशस्तरिय भलिबल प्रतियोगिताको उपाधिको लागी भोली आयोजक चुलियुवा क्लब र रुकुम पश्चिम बीच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति अगाडीको मैदानमा हुने प्रतियोगितामा यी दुबैटोली पहिलो पटक आमुने सामुने हुँदै छन । सेमिफाइनल् चुलिले सल्यानलाइ र रुकमपश्चिमले हाम्रो कम्प्यूटर इन्टिच्यटलाइ हराउदै उपाधि भेट पक्का गरेका हुन । घरेलु टोली चुलिले सल्यानलाइ तिन शुन्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
अपराजित यात्रा कायम राख्दै उच्च मनोवलका साथ फार्इनल पुगेको चुलि पाहुना टोली हराउदै उपाधि रक्षा गर्ने दाउमा छ । यस्तै रुकुमपश्चिम भने चुलिलाइ उस्कै मैदानमा हराएर उपाधी आफ्नो पोल्टामा पार्ने योजानाको साथ मैदान उत्रिने रणनितिमा छ ।
समुह चरणको पहिलो खेलमा सिम्तासंग पराजित भएको रुकुमपश्चिले सेमिफाइनलमा भने उतरपश्चिम पृतनाको आर्मी हराएको हो । यसैबीच भोली नै तेस्रो र सान्त्वना स्थानको लागी हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्नेले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगिताको बिजेता दुइ लाख हात पार्दा उपविजेताले एकलाख पचाँस हजारमा चित बुझाँउने छन।






