बहिनीलाई दिदीले देखाएको बाटो : रोकिएन पढाइ, छेकिएन गन्तव्य

सुर्खेत । बुवाआमाले सानैमा छोडेर गए । आमाबुवाको मृत्युपछि जीवन नै शुन्य लाग्थ्यो । न पढ्ने जाँगर चल्थ्यो, न त पढ्नुपर्छ भन्ने ज्ञान थियो । अभिभावक नभएपछि उनले आधारभूत तहमै पढाइ छोड्ने निधो गरिन् ।

‘पढेर के हुन्छ र ? अनि अफ्ठेरो पर्दा कसले सहयोग गर्छ र पढ्नु ?’ कुनैवेला सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ४ दशरथपुरकी पुनम पुनले यस्तै सोच्थिन् । ‘स्कुल जान मनै लाग्थेन, पढ्न जाँगर पनि आउँथेन’ उनी भन्छिन्, ‘आमाबुवाको मृत्युपछि पढाइ छोड्ने निधो गरेकी थिएँ ।’

अभिभावक गुमाएपछि पढाइ छोड्ने निधो गरेकी उनले भाग्यवस बिचमै पढाइ छोड्नु परेन । दुःखमा साथ दिनेहरु आए । ‘राम्रोभन्दा नराम्रो काममा ध्यान जान्थ्यो, पढेर के हुन्छ भन्ने सोच्थेँ’ उनी भन्छिन्, ‘तर स्कुलमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रमलाई लागु भएपछि पढाइ छोड्नु परेन ।’

                                  बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रमका सहभागीहरु ।

विद्यालयमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागु भएपछि पढाइलाई निरन्तरता दिइन् । ‘ठूली दिदी (सहजकर्ता) हरुले पढाइमा प्रेरणा दिनुभयो’ उनी भन्छिन्, ‘दिदीहरुकै सहयोगका कारण पढ्ने वातावरण पाएँ र कुलतमा फसिनँ ।’ अध्ययन पुरा गर्न पाएकै कारण उनी हाल सरकारी संस्थामा जागिर गर्छिन् । बहिनी शिक्षाका लागि दिदी कार्यक्रमकै कारण सफल भएको उनको भनाइ छ ।

‘पहिले म गाउँमा बोल्न डराउँथे, समस्या पर्दा पनि अरुलाई भन्न सक्थिन्’ उनी भन्छिन्, ‘दिदीको सहयोगका कारण समाजमा स्थापित हुने मौका पाएका छु ।’ सहजकर्ताको सहयोगपछि गाउँमा बालक्लव, युवा सञ्जाल लगायतका क्षेत्रमा नेतृत्व गर्न सफल भएको उनले बताइन् । त्यस्तै लेकबेशीकै विपना रसाइली पनि बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका कारण पढाइलाई निरन्तरता दिने मौका पाइन् । ‘पढाइको महत्व बुझेकै थिइँन्, दैनिक विद्यालय जान पाउँथिन्’ उनले भनिन्,

‘उबेला पढाइभन्दा घरायसी काम नै ठूलो लाग्थ्यो ।’ कार्यक्रम सहजकर्ताहरुको साथ नपाए पढाइले निरन्तरता नपाउने उनको तर्क छ । ‘बुवाआमाले छोरीलाई पढाउनैपर्छ भन्ने बुझ्नु भएकै थिएन, सधै घरधन्दा सघाउनु पथ्र्याे नियममित स्कुल जान पाउँथिन्’ उनले थपिन्, ‘ठूलदिदीका कारण पढाइको महत्व बुझेँ ।’ विद्यालयमा कार्यक्रम लागु भएपछि शिक्षाको महत्व र व्यक्तित्व विकास सम्बन्धी ज्ञानहरु पाएको उनले बताइन् । कार्यक्रमको महत्व बुझेकै कारण जीवनलाई सही गन्तव्यमा डोहो¥याई रहेको उनको तर्क छ ।

पुनम र विपना मात्रै होइनन् । बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले सुर्खेतका झण्डै एकसय बढी विपन्न समुदायका छात्राहरुलाई पढाइमा सहयोग पु¥याएको छ । कार्यक्रमकै कारण सुर्खेतका विभिन्न १२ वटा विद्यालयका छात्राहरुले पढाइलाई निरन्तरता दिन थालेका छन् । विपन्न समुदायका छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि विभिन्न १२ वटा विद्यालयमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागु गरिएको थियो ।

जसकाकारण विपन्न समुदायका छात्राहरुको पढाइलाई निरन्तरता दिने र सही गन्तव्यमा पु¥याउन सहयोग मिलेको थियो । करिव ६ वर्षअघिदेखि लागु भएको कार्यक्रमले सुर्खेतका अधिकांश छात्राहरुलाई पठनपाठनमा सहयोग पु¥याएको भिएओका परियोजना व्यवस्थापक सुशीलबाबु खनालले जानकारी दिए । जोखिममा रहेका र विपन्न छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सुर्खेतका १२ वटा विद्यालयमा कार्यक्रम लागु गरिएको थियो ।

कार्यक्रम प्रदेशभर लागु गर्न सुझाव

यसबैबीच शिक्षा क्षेत्रका सरोकारवालाहरुले भीएसओ नेपालले सुर्खेतमा सुरु गरेका बहिनी शिक्षाका लागि दिदी कार्यक्रम निरन्तरताको सुझाव दिएका छन् । विपन्न परिकारका छोरीहरुलाई शिक्षाको पहुँचमा पु¥याउन कर्णालीका सबै जिल्लाहरु बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागु गर्नुपर्ने माग गरेका हुन् ।

कर्णालीमा बढ्दो महिला हिंसाको न्यूनिकरण र छोरीप्रतिको विभेद हटाउन भीएसओ नेपालले अतुलनीय भूमिका निर्वाह गरेको सहभागीहरुको भनाइ थियो । प्रदेशस्तरीय सिकाइ आदान–प्रदानका लागि बिहीवार कार्यक्रममा आयोजना गरिएको थियो ।

विद्यालयको पहुँचभन्दा बाहिर रहेका र सिमान्तकृत बालिकाहरुलाई शिक्षामा पहुच पु¥याउने उद्देश्यले भीएसओको नेपालले सुर्खेतका विभिन्न १२ वटा विद्यालयमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागु गरेको थियो । कार्यक्रमले विपन्न छात्राहरुको शिक्षालाई निरन्तरता, छात्रालाई आत्मरक्षा तालिम लगायतका क्षेत्रमा उल्लनिय सहयोग गरेको थियो ।

शैक्षिक क्षेत्र सुधार्ने प्रतिबद्धता

शिक्षा क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायले कर्णालीको शैक्षिक क्षेत्रलाई सुधार गर्ने प्रतिबद्वता जनाएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ को प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले कर्णालीको शैक्षिक सुधारका लागि सरकारी र गैरसरकारी निकायहरु हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘आर्थिक र सामाजिक कारणले कर्णालीका अधिकांश दिदीबहिनीहरु शिक्षाबाट बन्चित छन्’ कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले भनिन्, ‘आगामी दिनमा प्रदेशले बनाउने नीति र कार्यक्रमले छोरी र विपन्न बर्गलाई समेट्नुपर्दछ ।’

आगामी बर्षहरुमा कर्णाली प्रदेशले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा सबै बर्गलाई शिक्षाको पहुँचमा समेट्न प्रयास गर्ने प्रतिबद्धता जनाइन् । त्यस्तै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षामा सबै बर्गको सहज पहुँच स्थापिन गर्नेगरी प्रदेशले शिक्षाका प्रदेश योजना बनाउने प्रतिबद्धता जनाए । ‘गरिवी र जनचेतना अभावका कारण विपन्न समुदायका बालबालिकाहरु शिक्षाको पहुँचबाट बन्चित छन्’ उनले भने, ‘अबका बन्ने शिक्षाका योजनाले शिक्षामा सबैको पहुँच स्थापित गर्नेछ ।’

शिक्षा सर्भसुलभ भए पनि जनचेतना अभावकै कारण अधिकांश छात्राहरु विद्यालयको पहुँचमा पुग्न नसकेकोे तर्क गर्दै सरकारी र गैरसरकारी निकायहरु मिलेर शिक्षामा सबैको पहुँच स्थापिन गर्नुपर्ने बताए । त्यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले शिक्षाको सबैको पहुँच स्थापिन गर्ने प्रयासरत रहेको बताए । शैक्षिक सुधारका लागि विद्यालयमा मनोपरामर्शकर्ताहरु नियुक्त गरेको, सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पु¥याउन बालक्लव, सम्वाद समिति गठन लगायतका काम गरेको जनाए ।

बहिनीलाई दिदीले देखाएको बाटो : रोकिएन पढाइ, छेकिएन गन्तव्य

डाक्टर बन्ने योजनाबाट उनी शिक्षण पेशामा होमिए

बहिनीलाई दिदीले देखाएको बाटो : रोकिएन पढाइ, छेकिएन गन्तव्य

काठमाडौंमा आँखा पोल्ने वायु प्रदुषण

Leave a comment

Your email address will not be published. Required fields are marked *