आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु

अमर सुनार

दैलेख । चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ ।

सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाई बजीरसिंह थापाले दिएको उजूरीका आधारमा मानसिंहलाई बिहीवार पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए  ।

सुकी आफू, तीन छोरी र एक छोरा समेत पाँच जनाले फागुन २४ गते विहान कर्णालीमा हाम फालेर ज्यान गुमाए । घटनामा सुकी, उहाँछोरीहरू १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।

घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव र १० दिनपछि कान्छी छोरी रोशनीको शव कर्णाली नदीमै भेटिएको थियो । आठबीस नगरपालिका–३ जाक्सी तलको कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।

शव भेटिएकै जिल्लामा मुद्दा चलाउने प्रहरीको तयारी भए पनि ज्यान गुमाउनेहरु पनि दैलेखकै भएको र उजूरीकर्ताले पनि दैलेखमा मुद्दा चलाउँदा आफूहरुलाई सहज हुने जनाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा उजूरी दर्ता गराइएको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए  ।

घटनाको उपज
सुकी र चार सन्तानको आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएका सुकीका श्रीमान् मानसिंह बडुवालले मिडिया चर्चा भएजस्तो ज्यादै धेरै तनाव दिएको नदेखिएको घटना लगतै तीन दिन त्यहाँ अनुसन्धानमा संलग्न दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले प्रतिक्रिया दिए  ।

घटना बारे आरोपित मानसिंह बडुवालले भने ‘भारतबाट आएको तीन महिना भएको थियो । बच्चा बसेछ, फाल्दिऊँ भनी हुन्छ भनें । त्यसका लागि गाउँमा व्याजे लगाएको १० हजार फिर्ता मागेर ल्याएँ, एक हजार मासें । पाँच हजार बाकसमै छोडिछ, चार हजार लिएर छोराछोरी लिएर सबैको ज्यान हालिछ । अहिले माइतीले मुद्दा हाले, कानून मान्नै प¥यो ।’

’बच्चा फाल्ने कुरा पनि नाई भनेको थिइनँ, उसका मनमा के होर चल्यो । आफू र बच्चाहरु समेतको ज्यान हाली । आफू गईगई, मलाई बाँचेको फाँदो !’ मानसिंहले टिप्पणी गरे । तर उजूरीकर्ता बजीरसिंह थापाले मानसिंहले तनाव दिएको कारण आफ्नी दिदी सुकी र भान्जाभान्जीले ज्यान हालेका प्रतिक्रिया दिएका छन् ।

घटनाको मनोविज्ञान बिश्लेषण
कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रोशनी सानो मान्छे भएको कारण बाँधिएको ठाउँबाट अलग्गिएको कारण ढिला फेला परेको हुन सक्ने त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उपप्रध्यापक सन्देश ढकालको बिश्लेषण छ ।

घटनाबारे समाचारहरुमा आएका विवरणको आधारमा आमाले आत्महत्या गर्ने दृढता लिएको र आफू मरिसकेपछि बालबालिकाले दुख पाउँछन् भन्ने चिन्ताले सबैको ज्यान जाने लिने निधो गरेको हुनसक्ने आफ्नो ढम्याई रहेको मनोविद बिनोद पौडेलले बताए ।

आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु

‘प्रतिष्ठान बनाएर साहित्यको संरक्षण गर्छाैँ’

आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु

भागरथीको स्वाबसँग अभियुक्तको डिएनए मिल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *