पत्रकारसँग झोक्किँदै देउवाले भने, विपक्षी पार्टी भनेको सुन्नुभएन ? जानुस् !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै देउवाले कांग्रेस विपक्षी पार्टी रहेको बताए । तर सत्ताको जिम्मेबारी आए नभाग्ने उनले बताए ।
कांग्रेस कहिले सरकारमा जाने भन्ने प्रश्न सोधिएपछि देउवा रिसाए । झोक्किँदै उनले भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएनरु कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी ।’
त्यसो भए ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न गरिएपछि देउवाको आक्रोश झनै बढ्यो ।
रिसाउँदै सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी‘विपक्षी पार्टी जानुस् ।’





