जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान

जुम्ला । प्रहरी र प्रशासनले जुम्लालाई लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा थालेको छ । यो अभियानअन्तगर्त जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको कानुनी ज्ञान दिन शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको सचेतना प्रदान गरेको थियो । लगत्तै, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई दोस्रोपटक सचेतना दिएको छ।

 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताएका छन् ‌।  उनले भने, सबै मिलेर लागूऔषध दुर्व्यसनका क्रियाकलाप पुर्ण रुपमा बन्देज गर्न आवश्यक छ, लागूऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानुनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ, सुधार गृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ ।

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागूऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको पाइएको छ। जसकारण जुम्ला लागूऔषधको प्रभावित जिल्ला बन्दै गएको हो । ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रमा लागूऔषध सेवन तथा ओसारपसार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले भने, स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ, विद्यालयमै पुगेर लागूऔषधको कानुनी ज्ञान प्रदान पनि गरिएको छ, अब विद्यार्थीले गाउँ(बस्ती र छरछिमेकमा लागूऔषध विरुद्धको सन्देश फैलाउनु आवश्यक छ ।

प्रशासन कार्यालय जुम्लाले लागूऔषध विरुद्धको कार्ययोजना, २०७७ बनाएको छ। अब यही कार्ययोजना बमोजिम काम हुने र लागूऔषध मुक्त जिल्ला निर्माणमा जोड दिइने प्रजिअ थापाले बताए। लागूऔषधमा फसेका जो कसैलाई उन्मुक्ति नदिने उनको भनाइ छ ।

 

जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान

ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान

पत्रकारसँग झोक्किँदै देउवाले भने, विपक्षी पार्टी भनेको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!