कोभिड विरुद्धको खोपको पहिलो डोज लगाएका वृद्धमा कोराना संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो चरणको खोप लगाएका काठमाडौँका ७५ वर्षिय वृद्धमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीका अनुसार या त उनलाई खोप लगाउनु अगाडि नै कोरोना भाइरस संक्रमण भएको हुन सक्छ अथवा लगाएको दुई साताभित्र संक्रमण भएको हुन सक्छ ।

‘खोप भनेको अन्तिम हतियार हैन, खोप लगाउँदैमा शरीरमा भएको सबै भाइरस मर्दैन । खोप लगाएको ३ सातापछि मात्रै भाइरसलाई केही मात्रामा राक्ने हो । ७० प्रतिशत प्रतिरोध क्षमता विकास हुनका लागि दोस्रो खोप लगाइसकेको हुनु पर्छ’, उनले भने, ‘पहिलो खोपले ४० प्रतिशतमात्रै प्रतिरोधात्मक क्षमताको विकास गर्छ। दोस्रो खोपले ७०, ८० प्रतिशत पुग्ने हो ।’

राजभण्डारीका अनुसार संक्रमित वृद्धलाई निमोनियाको समस्या देखा परेको छ र उनी होम आइशोलेशनमा बसिरहेका छन् । नेपाल सरकारले ६५ वर्ष भन्दा माथिका उमेर समूहलाई फागुन २३ गतेपछि पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियान चलाएको थियो ।

कोभिड विरुद्धको खोपको पहिलो डोज लगाएका वृद्धमा कोराना संक्रमण पुष्टि

पत्रकारसँग झोक्किँदै देउवाले भने, विपक्षी पार्टी भनेको

कोभिड विरुद्धको खोपको पहिलो डोज लगाएका वृद्धमा कोराना संक्रमण पुष्टि

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!