ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

काठमाडौँ । सत्ता समिकरणबारे छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन्  ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला मंगलबार बालुवाटार पुगेका हुन् ।

उनीहरुबिच अहिले वार्ता भइरहेको छ । वार्ता सत्ता समिकरणमा केन्द्रित रहेको बताइएको छ ।

जसपामा वर्तमान केपी ओली सरकारलाई समर्थन गर्ने कि अर्को समिकरण बनाउने भन्नेमा दुई धार छ । पूर्व राजपा पक्ष ओली सरकारलाई नै समर्थन दिने पक्षमा छ ।

तर पूर्व संघीय समाजवादी पक्ष एमाले विशेष गरि ओली इतर सत्ता समिकरणको पक्षमा रहँदै आएको छ । आन्तरिक छलफलपछि जसपाका नेताहरु बालुवाटार गएका हुन् ।

ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

देशाँ प्रतिपक्षदल गतिलो भएन भने सरकार चलाउनेहरुले

ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

जुम्लालाई लागुऔषध मुक्त जिल्ला बनाउने अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!