देशाँ प्रतिपक्षदल गतिलो भएन भने सरकार चलाउनेहरुले गरेका नौटंकी कसैले रोक्न सक्दो रैनछ

नेपालका सत्तारुढ कमिनिष्टहरुको लडाइँले देश चार महिनादेखि अनिर्णयको वन्दी बनिराछ । दुई तिहाइको सरकार चलाउँदा चलाउँदै आपसाँ पाखुरा खिचाखिचाँ उत्रेका कमिनिष्टलाई तह लाउने खालको प्रतिपक्ष दलसमेत नभा कारण जनता अहिले कमिनिष्टका गालीगलौज र चुटकिला अनि तिनीहरुका दैनिकजसो हुने भाण्डा फोडाफोडका कुरा सुनैरै मनोरञ्जन लिराछन् ।

देशाँ प्रतिपक्षदल गतिलो भएन भने सरकार चलाउनेहरुले गरेका नौटंकी कसैले रोक्न सक्दो रैनछ भन्ने कुरा अहिले रामै्रसित देख्न र सुन्न पाइया छ । साँच्चिकै नेपाली काँगे्रसले प्रतिपक्षको भूमिका निभाउन सकेको भए कमिनिष्टहरु यति जातिवित्ती छाडापनि हुन्थेनन् होला । विकास निर्माणका योजना कोरोनाका कारण त्यसै अलपत्र थिए ।

 

अँझ भएन भनेर मंसिरमा प्रधानमन्त्रीले संसद भंग गर्देछि त झन् देशाँ भाँडभैलोकोको भेल कसैले रोक्न नसक्ने आयो । आर्थिक बर्षको समाप्ती नजिकिँदै जाँदा विकासका काम ठप्प भएछि देश कसरी अघि बढला र प्रधानमन्त्रीले भन्याजस्तै समृद्धि आउला ? एउटा दलको कारण देश अनिर्णयको बन्दि बनि रहँदा सदनका ठूला दल भनेका मधेसी पार्टी र नेपाली काँगे्रस समेत कमिनिष्टकै चर्तिकला हेरेर दंग परेर बस्याछन् ।

संसदीय ब्यबस्थाँ सबभन्दा ठूलो भन्या संसद हो पनि भन्दै गर्ने तर सदनको सभामुख कमिनिष्टपाटिकै भएर नि ओली गु्रपका नभै दिँदा सरकारले सदनलाई विजनेसनै नदिएर सांसदहरु दिनको एउटाटा कुराँ सिँङ्गौरी खेलेर प्रधानमन्त्रीको राजीनामा मागेर नाराबाजी गरेर हिँडनेबाहेक अरु केही काम भाछैन । साँच्चै प्रतिपक्ष गतिलो भइदिएको भए यस्तो हुन्थ्यो होलात ?

कदापी हुन्थेन । कमिनिष्टलाई २ तिहाइदेर रमाका जनता अहिले आफ्नो खुट्टाँ आँफै बन्चरो हानेको महशुस गर्दै सडक र गल्लियाँ गफ गर्दै हिडिराछन् । नचाहिने बखेडा दलले गर्ने पश्चातापको आँशु बगाउने जनता, यस्तो मुलुकाँ जनता र देशको उन्नति कहिले होला के ! देश कहिलेसम्म अनिर्णयको बन्दी हुने हो र केहिदिन पछि त अदालत पनि पछुताउन बेर छैन ।

धन्यछन् यो देशका ती नेता जसले यो देशलाई कठहराँ बाँधेर खित्का छोडिछोडि हाँस्दैछन् । अनि हामी तिनहरुकै हाँसोमा आफ्नो र देशको उन्नति खोज्दैछम् र फेसबुकमा निरन्तर नेतालाई उचाली राछौँ । जयहोस् ति सबै कमनिष्टको जसले यो अबस्था ल्याउनमा तेल थपिराछौँ ।

–वेदर्षि

देशाँ प्रतिपक्षदल गतिलो भएन भने सरकार चलाउनेहरुले गरेका नौटंकी कसैले रोक्न सक्दो रैनछ

छुवाछुतको अन्त्य

देशाँ प्रतिपक्षदल गतिलो भएन भने सरकार चलाउनेहरुले गरेका नौटंकी कसैले रोक्न सक्दो रैनछ

ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *