न्यायिक संवाद कार्यक्रम

सुर्खेत, २४ पुस ।

लेकवेशी नगरपालिका वडा नम्बर ६ सुर्खेतमा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अदालतको सेवा सुविधा, प्रक्रियाबारे जानकारी दिँदै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले अदालतले निष्पक्ष रुपमा सेवा दिएको भन्दै विचौलियाबाट बच्न आग्रह गरे । नगरप्रमुख गगनसिंह सुनारले जानकारी मुलक कार्यक्रम नियमित रुपमा हुन सके समुदायमा कानुन सम्बन्धी सचेतना बढ्ने बताए ।

यस्तै उप प्रमुख तथा न्यायिक समितिका संयोजक शान्तिकुमारी छन्तेलले आगामी दिनमा आफ्नो नगरपालिकाले कानुनको पूर्ण रुपमा पालना गर्ने र कार्यविधि अपनाउने प्रतिवद्धता गरिन् । साथै सुर्खेत जिल्ला अदालतबाट न्यायिक समिति लेकवेशी नगरपालिकाले गरेका सम्पादन गरेका न्यायिक निरोपणका कार्यहरुको निरिक्षण पनि गरिएको थियो ।

सुर्खेत जिल्ला अदालतका सेस्तेदार यमप्रसाद बास्कोटा, नेपाल कानुन व्यवसायी परिषद्का पार्षद अधिवक्ता राबाबु विसी, बैतनिक कानुन व्यवसायी वीरेन्द्र कुमार थापा, विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

न्यायिक संवाद कार्यक्रम

निजामति कर्मचारी युनियन सहकारीमा सापकोटा

न्यायिक संवाद कार्यक्रम

काँग्रेसले जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा

Leave a comment

Your email address will not be published. Required fields are marked *