काँग्रेसले जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

सुर्खेत, २४ पुस ।

केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा प्रतिपक्ष नेपाली कांग्रेसले भोलि प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोध कार्यक्रम गर्ने भएको छ। सुर्खेतका ४ वटा प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने नेपाली काँग्रेस सुर्खेतले जनाएको छ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्षेत्र नं. १ ‘क’ को सिम्ता जामुने बजार राकम, ‘ख’ को लेकबेसी नगरपालिका ६ कल्याणको स्याउली बजार, क्षेत्र नं. २ को प्रदेश ‘क’ को वीरेन्द्रनगरको पिपलचौतारी, प्रदेश ‘ख’ को पंचपुरी नगरपालिकाको बावियाचौर बजारमा दिउँसो १२ बजे विरोध कार्यक्रम गर्ने बताए ।

सभापति रेग्मीले वर्तमान सरकारको अलोकप्रिय कदम, गैरसंवैधानिक कामका विरुद्ध कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिवार देशभरका सवै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरिने बताए । सवै कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता, जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसपछि कांग्रेसले वडा तहमा विरोधका कार्यक्रमहरु गर्नेछ। यसअघि कांग्रेसले सबै जिल्लामा विरोध कार्यक्रम गरिसकेको छ।

काँग्रेसले जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

न्यायिक संवाद कार्यक्रम

काँग्रेसले जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

पत्रकार महिलासंग कृषि मन्त्री केसीको छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *