निजामति कर्मचारी युनियन सहकारीमा सापकोटा

सुर्खेत, पुस २४ ।
निजामति कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं साधारणसभाबाट आगामी चार वर्षका लागि अध्यक्षमा पुनः मेघनाथ सापकोटा चयन भएका छन् । शुक्रबार भएको साधारणसभाले सापकोटालाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा पदमबहादुर केसी, सचिवमा चर्तुभुज गौतम र कोषाध्यक्षमा खगेन्द्रप्रसाद भट्टराई चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रंगवीर रोकाय, माया चौधरी, तुलाराम चौधरी, यामबहादुर राना, बेलमता बस्नेत, इश्वरीप्रसाद रेग्मी, तपबहादुर बुढा चयन भएका छन् । यस्तै ओमप्रसाद चपाईको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरिएको छ । समितिमा नरबहादुर थापा र दीर्घराज पोखरेल सदस्य छन् ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका सहकारी अधिकृत खेमराज आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साधारणसभामा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय सल्लाहकार विष्णुदत्त रेग्मी, केन्द्रीय सदस्य हरिबहादुर क्षेत्री, गणेश थापा, आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य सुशील केसी, प्रदेश समितिका उपाध्यक्ष डिकेन्द्र ढकाल, प्रदेश समितिका सचिव काशीराम भटराई, जिल्ला कार्यसमिति अध्यक्ष राजेशकुमार बुढालगायतले बोलेका थिए ।
साधारणसभालेले आर्थिक वर्ष २०७६/०७७ को २५ लाख ८९ हजार २९० र आव ७७–७८ को संशोधित अनुमानित आय–व्यय ४८ लाख ५१ हजार १६९ को आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।






