घाइते दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

मुगु,१ मंसिर ।

काठमाडौँबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो । मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए ।

घाइते दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

विपन्नको उपचार गर्न महायज्ञ 

घाइते दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!