डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

गाेल्डेन बुढा

जुम्ला,१८ कार्तिक ।
जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजी तीव्र बनाएको प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। कारागारबाट भागेको पाँच दिनपछि उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
शुक्रबार बिहान ६ बजे कारागारबाट फरार भएका उनीहरू कमला बुढाको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ परेका हुन्। फरार कैदीबन्दीको सम्भावित बसोबासस्थलमा खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरूलाई फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन्। रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। परियार भने नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका थिए।
यसअघि मंगलबार प्रहरीले रुकुम पश्चिमबाट दुई जना फरार कैदीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। विक जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
कारागारबाट फरार भएका आठ कैदीमध्ये चार जना प्रहरी नियन्त्रणमा आइसकेका छन्। दुई चरणमा गरी चार जना पक्राउ परे पनि बाँकी चार जना अझै फरार छन्। फरार कैदीको खोजी तथा पक्राउका लागि प्रहरीले अभियान जारी राखेको छ।

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

सम्पादकीय : सरकारी जग्गामा सत्ताको रजाइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!