बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो, पूर्वसूचनाले नदी छेउका सयौं जनालाई स्कुलमा सारिएपछि भएन कुनै माननीय क्षति

रुपन्देही ,११ असोज ।
शनिबार राती बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगाएको छ तर पूर्वसूचनाले नदी छेउका सयौं जनालाई पहिले नै सारिएपछि भएन कुनै माननीय क्षति भने हुन पाएन ।
बुटवल उपमहानगरपालिका वडा नं ११ टप मजुवाका ५ घर बाढीले बगाएको र रातभर सो क्षेत्रका स्थानीयको उद्दारमा बसेको वडा सदस्य नकुल शाहले बताउनुभयो ।
तिनाउ नदीमा पानीको सतह बढ्दै गएपछि बुटवलको नदी छेऊमा रहेका सयौं जनालाई सुरक्षित क्षेत्रमा सारिएको थियो ।
शनिबार दिउसोबाट बढेको तिनाउमा पानीको बहाव बढ्दै गएपछि बिनापाते, बुद्धनगर, मजुवा, टपमजुवा क्षेत्रमा नदी छेउका सयौं जनालाई नजिकै रहेको विद्यालय र मन्दिरमा सुरक्षित रुपमा सारेको त्यहाँस्थित जनप्रतिनिधि नकुल शाहीले बताउनुभयो ।
उनीहरुलाई नबीन स्कुल, उजिर सिंह मावि, जितगढीको मन्दिरलगायतका सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । शनिबार साँझदेखि नदीमा पानी बढ्दै गएपछि मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल, वडाध्यक्ष रामचन्द्र खनाल वडा सदस्य नकुल शाहीलगायतले विभिन्न क्षेत्रमा पुगेर सामाजिक सन्जालमा लाइभ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिरहनुभएको थियो । इलाका प्रहरी, सशस्त्र प्रहरी, नगर प्रमुखसहितको टोली ठाउँ ठाउँमा खटिएको थियो।
पाल्पाको विभिन्न क्षेत्रमा पानी निरन्तर बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास भएपनि अहिले नै धेरै खतरा नरहेको स्थानीय आशिष सूर्यवंशिले बताउनुभयो ।
अहिले भने पानी बसेको र सतह पनि कम भएको प्रहरी र स्थानीयको भनाई छ ।





