घुँयत्राे:‘म झोले’ लेखेर फोटो खिच्नेहरूलाई बाको झपाराइः अब झोला होइन, हेल्मेट चाहिने भयो!

हिजाे वलिबाका निम्ति सामाजिक सन्जालाँ फाेटाे पाेट्याएर त्यसकाे पछाडि ” म झाेले ” भन्ने लेखेर प्रतिष्पर्धा गर्ने वलिका दाशहरु ( एमालेका दास हैनन) एमालेकाे केन्द्रीय कमिटीकाे बैठकाँ वलिबाकाे हर्कत देखेर पानी पानी भै रा छन । अब वलिका विरुद्ध पाटिकाे पुनर्गठनकाे कुरालेर काेई कतै जान नपाउने गरि बादलले वलिकाे पक्षाँ बहुमत जुटाईदेछि अन्त त पाटिकाे बैठक सन्चालन गर्ने जिम्मेवारी र अधिकार भाकाे महासचिवलाई समेत बैठक सन्चालन गर्न नदेर बैठक आँफैले सन्चालन गरि बाकाे विरुद्ध छुसुक्क आवाज उठाउने समेतलाई बैठकाट् कुलेलम ठाेकेर जानू पर्ने अबस्था सृजना गरेछि अब नेकपा एमाले नयाँ माेडेलाँ चल्ने भै सक्याे । २/३ दिनलअघिसम्म यत्तिकै रैछ जिन्दगी भन्ने भ` का बा अकस्माथ शक्ति प्राप्त गरेछि ऐले खेल्लुवा राँगो जस्ताे भाछन । केन्द्रीय कमिटीकाे बैठक २ दिनदेखि जारीछ । हिजाेसम्म आँफुलाई वलिकाे दास भनेर छातिपिटपिटि तमनशा गर्ने कृष्ण गाेपाल श्रेष्ठ देखि याेगेश भट्टराई सम्मले बाकाे झपाराई भेटि सके । हिजाेसम्म याे संसाराँ बा बाहेक अरुकुनै वस्तुकाे अस्थित्व छैन भनेर वकालत गर्दै बालाई उन्मत्त रावणकाे भेषमा आउन बाध्य गराउने विष्णु पाैडेल,शंकर पाेखरेल , याेगेश भट्टराई , पृथ्वी सुब्बा गुरुङ ,उषा किरण जस्ता मान्छे अब ऐले बाकाे क्रियाकलाप देखेर चकित छन । तर के गर्नु यिनरले हिजाे जसरि बालाई सिंगाे पाटि पङ्तिका अगाडि मदमत्त ध्रुबे हाति जस्ताे बनाए त्यसकाे परिणाम स्वरुप ऐले बा यिनरका विरुद्ध खन्निई रहेका छन । बा बरु आफ्ना समकालीन राजनितिक शहयात्री शेर बहादुर देउबाकाे जस्ताे हविगत ब्यहाेर्न तयार छन तर आँफुले पाईराकाे पद छाेडन तयार छैनन । त्यै रिसले त बा विधान भन्दा माथिनै बसेर महासचिवलाई पाटि बैठकनै चलाउन नदेर वलि भन्ने मान्छेलाई रिसाउन हालेछि कत्तिकाे निरंकुस र अधिनायक वादि बन्दाे रैछ ल हेराे भनेर देखाईदेछि बिचरा कार्यकर्ता ऐले केन्द्रीय कमिटीकाे बैठकाँ अक्क न बक्क भएर बस्या छन । बा निरंकुस शैलिमा प्रस्तुत हुँदा याे पटककाे केन्द्रीय कमिटिकाे वैठकले कति कतिलाई बाका नजिक ल्याउने हाे र कतिकतिलाई बाकाे विश्वास पात्रबाट तल झार्ने हाे त्याे त बैठक पछिनै था हाेला । तर अब बाले केन्द्रीय कमिटीबाट ककस्लाई निकालने हुन र ककस्लाई काखि च्याप्ने हुन त्याे त ऐल्यै था न हाेला तर यतिलकुराचाईँ निश्चित भाे कि पाेखरेल, पाैडेल,सुब्बा ,भट्टराई र अरु अन्तरकुन्तराँ भाका कति कतिलाई चाईँ बाले नराम्ररी स्याँक्ने हुन र तिनकाे हरि विजाेग बनाउने हुन भन्न सकिन्न । याे पटक बा रिसाकाे देख्दा ती आँफुलाई बाका लास,दाश र झाेले भनाई माग्न उत्ताउलिएर हिँडनेहरु समेत तिनछक् परेका छन । त्यसै त सत्ता गुमेर छ छ मैनादेखि सरकार बिहिन भएर बस्नु परेकाे बाकाे दर्दनाक जिन्दगी अँझ त्यसैमानि बकाईदा चुनाब गरेर ५ बर्षका लागि अध्यक्ष भएर बसेकाे मान्छेलाई पदबाट फुत्कायर अरुले माेजमस्ति गर्न पाटि पुनरगठनकाे सर्त तेर्स्याएर बाकाे छँदा खाँदाकाे अध्यक्ष पद खाईदिन लाएछि बाले आफ्नाे राैद्ररुप त देखाउन्यै भएनि हैन र ? त्यसैले बाले पनि दुईदुईटा कमिटीकाे बैठक राखेर बैठकैबाट अब त्याे पुनर गठनकाे प्रस्ताब ल्याउने र पाटिका कुरा बैठक बाहेक अन्यत्र गएर गर्नेहरुलाई तहलाउने भनेर बग्रेल्ती ओकलेछि अब बाकाे विरुद्ध काेहि नलागे हुन्छ । अबकाे ५ बर्ष बाले साम दाम दण्ड भेद जसरि नि गरि खान्छन । त्यसैले अब अरु चुपचाप हिजाेकाे जस्तै ” म बाकाे झाेले ” भन्ने लेखेर डिजाईन गरेकाे टाेपिकाे अर्डर वाल्पातिर पठाउनु पर्याे अनि त्यै तयार भाकाे टाेपि शिरमा बिसाउँदै बाकाे अगाडि देख्खिनु पर्याे अनि बल्ल खैरियत हाेला । हैन भने बा काे फेला पर्ने जतिकाे अर्काे पटककाे टिकट चैट । कुरा बुझ्नु भाे त बाका झाेलेहरु !

घुँयत्राे:‘म झोले’ लेखेर फोटो खिच्नेहरूलाई बाको झपाराइः अब झोला होइन, हेल्मेट चाहिने भयो!

लुम्बिनी प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय

घुँयत्राे:‘म झोले’ लेखेर फोटो खिच्नेहरूलाई बाको झपाराइः अब झोला होइन, हेल्मेट चाहिने भयो!

तिर्खुका नौ परिवारले पाएनन् शव, कुशमै गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *